

सरकारले सिनेमा हल खोल्न अनुमति दिएको अवस्थामा यही दशैंमा प्रदर्शनमा आउने तयारीमा रहेका फिल्म ‘लक्ष्मी पूजा’ को टिजर सार्वजनिक भएको छ । टिजरमार्फत् फिल्मको मुल द्वन्द्व प्रस्ट्याउन खोजिएको छ । सस्पेन्स र बदलाको कथामा निर्माण भएको फिल्ममा अभिनेत्री जाहान्वी बस्नेत दोहोरो भूमिकामा प्रस्तुत छिन् । टिजरमा उनलाई नै विशेष प्राथमिकता दिइएको छ ।

एक समय नेपाली फिल्ममा एकछत्र आफ्नो प्रभुत्व जमाएका अभिनेता राजेश हमाल विगत ४ वर्षदेखि काँचको पर्दाबाट टाढा छन् । आफूले आश गरेका दुई फिल्म ‘बागमती’ र ‘शकुन्तला’ को असफलतापछि फिल्म छनोटमा गम्भीर भएका उनी अब हतारमा फिल्म गरेर फुर्सदमा पछुताउने पक्षमा छैनन् । यसैले उनी आफ्नो भूमिका शक्तिशाली भएको फिल्म कुरेर बसेका छन् ।

अभिनेता सुशान्त सिंह राजपूतको मृत्यु प्रकरणमा जब ड्रग्सको विषयमा जाँच सुरु भयो तबदेखि बलिउडका ठूला हस्तीहरुको नाम बाहिर आउन थालेको छ । दीपिका पादुकोण, श्रद्धा कपूर र सारा अली खानसँग त एनसिबीले सोधपुछ समेत गरिसकेको छ । ड्रग्स मुद्दामा एकपछि अर्का कलाकार मुछिन थालेपछि अहिले आम मानिसको बलिउडलाई हेर्ने नजरमा परिवर्तन आएको छ ।

अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापाले दोस्रो पटक स्क्रिन साझेदारी गरेको फिल्म ‘ए मेरो हजुर ४’ को कोरोनाका कारण छायांकन पूरा हुन सकेको छैन । लकडाउन हुनुभन्दा दुई हप्ता अगाडि सुरु भएको फिल्मको छायांकन लकडाउनपछि स्थगित भएको थियो । निर्माण टिम यही शुक्रवारबाट फिल्मको बाँकी छायांकन थाल्ने तयारीमा थियो । तर, यो सम्भव हुन सकेन ।

भारतीय कमेडियन कपिल शर्माले सञ्चालन गर्ने ‘द कपिल शर्मा शो’ को फर्म्याटमा सुरु भएको ‘मुन्द्रेको कमेडी क्लब’ ले छोटो समयमा दर्शकमाझ राम्रो क्रेज बनाएको छ । टिभीमा भन्दा यूट्युबमा सर्वाधिक हेरिने यो शो अहिले नेपाली फिल्म प्रचारका लागि पनि गतिलो प्लेटफर्म बनेको छ । यो शोमा फिल्मको प्रचार गरे दर्शकको ठूलो वर्गमा पुगिने विश्वास निर्माता तथा निर्देशकमा छ ।

