
लोकप्रिय हास्य कलाकार हरिवंश आचार्य र उनकी श्रीमती रमिला आचार्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । सामान्य लक्षण देखिएपछि सोमवार पिसिआर परीक्षण गराउँदा दुवै जनाको रिपोर्ट पोजेटिभ आएको हो । कलाकार आचार्यले सामाजिक सञ्जाल फेसबुकको माध्यमबाट आफूहरुलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् ।

कोरोना महामारीका कारण फिल्म निर्माण रोकिँदा धेरै कलाकार कामविहीन भएका छन् । विशेषगरि फिल्ममा सीमित कलाकारलाई लकडाउनले आर्थिक रुपमा ठूलो घाटा भएको छ । केही भने लकडाउनमा मालामाल भएका छन् । पल शाह, नाजिर हुसेन, आकाश श्रेष्ठ, पूजा शर्मालगायतले लकडाउनको समयमा म्यूजिक भिडियोमा काम गरेर लाखौं छापेका छन् ।

साउथ फिल्म इन्डस्ट्रीकी चर्चित अभिनेत्री काजल अग्रवाल यसै वर्ष (२०२०) बैबाहिक जीवनमा बाँधिने भएकी छन् । उनी स्वयंले मंगलवार इन्स्टाग्राममा एक पोस्ट गर्दै आफूले विजनेशम्यान गौतम किचलूसँग विवाह गर्न लागेको जानकारी दिएकी छन् । उनले विवाहको मिति पनि सार्वजनिक गरेकी छन् । उनका अनुसार, आउँदो ३० अक्टोबरका लागि विवाहको मिति तय गरिएको छ ।

कोरोना महामारीले विश्व फिल्म बजारलाई अस्तव्यस्त बनाएको छ । हलिउड/बलिउड जस्ता ठूला फिल्म उद्योग कोरोनाको चपेटामा परेका छन् । यसबाट नेपाली फिल्म क्षेत्र पनि अछुतो छैन । सात महिनादेखि सिनेमा हलमा ताला लागेका छन् । फिल्म निर्माण पनि भएको छैन । जसको प्रत्यक्ष असर दैनिक श्रम गरेर परिवारको गुजरा चलाउने फिल्म प्राविधिकलाई भएको छ ।

लभर गर्लको भूमिकामा सर्वाधिक रुचाइएकी अभिनेत्री नम्रता श्रेष्ठ फिल्म छनौटमा चुजी मानिन्छिन् । आफ्नो भूमिका र स्क्रिप्ट बलियो भएको खण्डमा मात्र उनी फिल्म गर्न राजी हुन्छिन् । वर्षमा एउटा मात्र फिल्ममा काम गर्ने उनी ‘मेरो एउटा साथी छ’ को सफलतापछि लभस्टोरी फिल्ममा पहिलो रोजाई बन्न थालेकी थिइन् । अहिले उनलाई महंगी अभिनेत्री समेत भन्ने गरिएको छ ।

अहिलेका चल्तीका अभिनेता प्रदीप खड्का र फिल्म ‘प्रेमगीत ३’ बाट अभिनेत्रीको रुपमा डेब्यू गर्न लागेकी कृष्टिना गुरुङ प्रभु बैंकको ‘ब्रान्ड एम्बास्डर’ मा नियुक्त भएका छन् । बैंकले उनीहरुलाई एक वर्षको लागि ब्रान्ड एम्बास्डरमा नियुक्ति गरेको हो ।

