
नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसिबी) ले शनिवार अभिनेत्री दीपिका पादुकोणसँग ६ घण्टा सोधपुछ गर्यो । सोधपुछको क्रममा उनी तीन पटक रोएको भारतीय मिडियाले बताएका छन् । त्यसबेला एनसिबीका अधिकारीले उनलाई इमोसनल कार्ड नखेल्न आग्रह गरेका थिए । दीपिकाको आँखामा आँशु देखेपछि एनसिबीका अधिकारीले सत्य बताउन आग्रह गर्दै हात जोडेका थिए ।

विपद्मा परेका फिल्मकर्मीलाई सहयोग गर्न चलचित्रकर्मी विपद् व्यवस्थापन कोष कार्यविधि निर्धारण समिति गठन भएको छ । चलचित्र विकास बोर्डका सदस्य नरेन्द्र महर्जनको संयोजकत्वमा गठित समितिको सदस्यमा मोहन निरौला, छवि ओझा, किशन पोखरेल, अर्जुन कुमार पोखरेल, राजेन्द्र उप्रेती, राजाराम गौतम, अमृत सुनुवार, जनक कार्की, देवेन्द्र खड्गीलगायत छन् ।

रंगमञ्च हुँदै फिल्ममा प्रवेश गरेका अभिनेता नाजिर हुसेनले अभिनयमा आफूलाई प्रमाणित गरिसकेका छन् । उनी अभिनीत फिल्म बक्सअफिसमा सफल हुन् वा असफल, उनको अभिनयको सधैं प्रशंसा हुने गरेको छ । फिल्म ‘होस्टेल रिर्टन्स’ मा मधेशी युवकको भूमिका निर्वाह गरेपछि चर्चामा आएका उनले त्यसयता एक दर्जन बढी फिल्ममा आफ्नो अभिनय कौशल देखाइसकेका छन् ।

गत वर्ष प्रदर्शित दुई फिल्म ‘मारुनी र रातो टीका निधारमा’ को असफलतापछि अभिनेत्री साम्राज्ञी आरएल शाहको स्टारडममाथि प्रश्न उठेको छ । ‘ड्रिम्स र ए मेरो हजुर २’ को सफलतापछि निर्माता तथा निर्देशकले उनलाई आफ्नो काँधमा बोकेर फिल्म सफल बनाउन सक्ने अभिनेत्रीको रुपमा लिएका थिए । तर, यी दुई फिल्मपछि बक्सअफिसमा उनको जादू चल्न सकेको छैन ।

ड्रग्स मामलामा धर्मा प्रोडक्सनका दुई व्यक्तिसँग एनसिबीले सोधपुछ गरेपछि निर्देशक तथा निर्माता करण जोहरले स्पष्टिकरण दिएका छन् । शुक्रवार उनले ट्विटरमार्फत् आफ्नो भनाई सार्वजनिक गर्दै भनेका छन्, ‘म न ड्रग्स लिन्छु न त यसलाई प्रमोट नै गर्छु । म र मेरो परिवारको बारेमा, साथीहरु र धर्मा प्रोडक्सनको बारेमा अहिले जुन कुराहरु भइरहेको छ, त्यो सबै बकवास हो ।’

भर्सटायल अभिनेताको रुपमा आफ्नो पहिचान बनाएका सौगात मल्ल र अर्पण थापा अभिनीत फिल्म ‘तीन जन्तु’ को शनिवार फस्टलुक टिजर सार्वजनिक भएको छ । ५० सेकेण्डको टिजरमा फिल्मको मुल द्वन्द्व प्रस्ट्याउन खोजिएको छ । टिजर हेर्दा फिल्म सस्पेन्स थ्रिलर कथामा निर्माण भएको बुझ्न सकिन्छ । २०३० सालमा एक घरभित्र भएको घटनालाई फिल्ममा उतारिएको छ ।

