
नेपालको प्रतिष्ठित सुन्दरी प्रतियोगिता ‘मिस नेपाल’ लाई अभिनेत्री उत्पादन गर्ने कारखाना भन्ने गरिन्छ । किनकि, यो प्रतियोगिताले नेपाली फिल्म क्षेत्रलाई थुप्रै अभिनेत्री दिएको छ । रुवी राणा, झरना बज्रचार्य, मलिना जोशी, सृष्टि श्रेष्ठलगायतका ताजधारी ‘मिस नेपाल’ नेपाली फिल्मको सदस्य भइसकेका छन् । तर, ‘मिस नेपाल’ विजेताको फिल्म करिअर भने खासै सुखद देखिएको छैन ।

कोभिड १९ को संक्रमण रोकथामका लागि विगत सात महिनादेखि बन्द रहेको फिल्म क्षेत्र अझै खुल्न सकेको छैन । भीडभाड हुने अन्य क्षेत्र सञ्चालनमा आउँदा समेत फिल्म क्षेत्रमा लगाइएको प्रतिबन्ध फुकुवा भएको छैन । सरकार फिल्म क्षेत्रलाई सञ्चालनको अनुमति दिन आलटाल गरिरहेको छ । निर्माताहरु भने सरकारले छायांकन अनुमति दिने आशमा फिल्म घोषणा गरिरहेका छन् ।

गएको चैतबाट सिनेमा हलमा नयाँ फिल्म प्रदर्शन भएका छैनन् । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेपछि देशभरका सिनेमा हलमा ताल्चा लाग्यो । संक्रमितको संख्या बढिरहेका कारण दशैंअघि सिनेमा हल खुल्ने सम्भावना न्यून हुँदै गएको छ । जसले गर्दा सिनेमा हलका लागि बनाइएको फिल्म ‘लक्ष्मी पूजा’ अब टेलिभिजनमा रिलिज हुने भएको छ ।

कोभिड १९ का कारण सात महिनादेखि बन्द रहेका भारतका सिनेमा हल १५ अक्टोबर अर्थात् भोलीबाट सञ्चालनमा आउँदैछन् । कोरोना महामारीभन्दा अगाडि प्रदर्शनको तयारीमा रहेका ठूला फिल्म अहिले प्रदर्शनका लागि अगाडि नसरेपछि हल सञ्चालकहरु पुरानै फिल्म रि-रिलिज गर्न बाध्य भएका छन् । बिहीवारबाट भारतका सिनेमा हलमा पुराना सुपरहिट फिल्म रिलिज हुँदैछ ।

कोरोनाका कारण सात महिनादेखि फिल्म निर्माण र प्रदर्शन भएको छैन । जसले गर्दा फिल्ममा सीमित कलाकारहरु फुर्सदिला भएका छन् । तर, यो समयमा उनीहरुलाई फिल्म अफरको भने कमी भएन । राजेश हमाल, दयाहाङ राई, बर्षा सिवाकोटी, उपासना सिंह ठकुरी, विपिन कार्कीलगायतले लकडाउनमा आधा दर्जन बढी फिल्मबाट प्रस्ताव आएको बताएका छन् ।

हलिउड/बलिउडको सिको गर्दै अहिले नेपाली फिल्ममा सिक्वेल निर्माणको लहड चलेको छ । बक्सअफिसमा सफल ठहरिएका फिल्मको नाम सापटी लिएर सिक्वेल बनाउँदा लगानी उठाउन सजिलो हुने विश्वासका कारण अचेल निर्माता तथा निर्देशकहरु नयाँ नाममा फिल्म बनाउने जोखिम मोल्न चाहेको देखिन्न । ‘सेल्फ ल्यान्डिङ’ हुन सिक्वेल फिल्ममाथि नै लगानी खन्याइरहेका छन् ।

