
अभिनेता राजेश हमालको युगदेखि नेपाली फिल्ममा हिरोको एउटा मानक स्थापित भयो । त्यसबेला अग्लो कद, आकर्षक अनुहार, वजनदार आवाज र सुगठित शरीर भएकोलाई मात्र हिरो मानिन्थ्यो । यो मानकभित्र नपर्नेलाई न दर्शकले हिरो मान्थे न मेकरले नै हिरो बनाउन जोखिम उठाउँथे । तर, दयाहाङ राई, सौगात मल्ल, विपिन कार्कीलगायतले यो मानकको पर्खाल भत्काएका छन् ।

कोरोनाको महामारी फैलिएपछि रोकिएको अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा स्टारर फिल्म ‘ए मेरो हजुर ४’ को छायांकन शनिवारबाट पुनः सुरु भएको छ । घटस्थापनाको दिनबाट एक हप्ताको सेड्युल बनाएर फिल्मको छायांकन थालिएको निर्माता सुनिल कुमार थापाले जानकारी दिए । स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर फिल्मको छायांकन सुरु गरेको उनले बताए ।

कोरोनाका कारण सात महिनादेखि ठप्प रहेको नेपाली फिल्म क्षेत्र अब भने चलमलाउन थालेको छ । सरकारले फिल्म निर्माण र प्रदर्शनमा लगाएको प्रतिबन्ध फुकुवा नगरे पनि अहिले केही फिल्मको छायांकन भइरहेको छ । त्यस्तै, फिल्म घोषणाको कार्यक्रम पनि आयोजना हुन थालेका छन् । कोरोना महामारीपछि दोस्रो पटक एक कार्यक्रमका बीच नयाँ फिल्म घोषणा गरिएको छ ।


अभिनेत्री तथा निर्मात्री केकी अधिकारीले ब्रान्डसँग जोडिँदा कलाकारलाई आर्थिक रुपमा ठूलो सहयोग पुग्ने बताएकी छन् । अहिलेसम्म एक दर्जन बढी ब्रान्डको ब्रान्ड एम्बास्डर भइसकेकी उनले नेपालको मार्केट अनुसार ब्रान्डमा जोडिए बापत पाउने पारिश्रमिक लोभलाग्दो रहेको बताइन् । तर, मानिसको स्वास्थ्यलाई असर पुग्ने ब्रान्डसँग भने जोडिनु राम्रो नहुने उनको कथन छ ।

अभिनेता धिरज मगर र अभिनेत्री जसिता गुरुङले पहिलो पटक स्क्रिन शेयर गर्न लागेको फिल्म ‘आई एम ट्वान्टी वान’ को छायांकन सुरु भएको छ । निर्माण घोषणाको २ वर्षपछि फिल्मको छायांकन सुरु भएको हो । घटस्थापनाबाट पहिलो सेड्युलको छायांकन सुरु भएको निर्माता प्रज्ज्वल शमशेर जवराले जानकारी दिए । फिल्मको पहिलो सेड्युल एक हप्ताको राखिएको छ ।

