Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 7855 - 7860 of 24025
फिल्मीखबर, काठमाडौं, 2020-10-12, सोमवार

विधान कार्कीले पनि फिल्म निर्देशन गर्ने भएका छन् । उनी अहिलेका व्यस्त म्यूजिक भिडियो निर्देशक हुन् । लकडाउनपछि मात्र एक दर्जन बढी भिडियोको निर्देशन गरेका उनी आउँदो वर्षको बैशाखमा फिल्म निर्माण गर्ने तयारीमा छन् । अहिले फिल्मको प्रि-प्रोडक्सनको काम भइरहेको उनले बताए । सामाजिक विषयवस्तुमा बन्ने फिल्मका लागि कलाकार छनौट भने भएका छैनन् ।

फिल्मीखबर, काठमाण्डौ, 2020-10-12, सोमवार

फिल्ममा निशानले नव-अभिनेत्री पुनम थापासँग रोमान्स गरेका छन् । ‘डेसान’ मा नम्रता सापकोटा, भोलाराज सापकोटा, कविता आले, नुरुङ राई, आरुष जंग सारुलगायतका कलाकारहरुको पनि अभिनय छ । फिल्मलाई चक्र महर्जनले खिचिरहेका छन् । कथा र चरित्रलाई न्याय गर्न आफूले शारीरिक, मानसिक तथा भावनात्मक रूपमा निकै मिहिनेत गरेको निशानको भनाई छ । 

फिल्मीखबर, काठमाण्डौ, 2020-10-12, सोमवार

कोरोना महामारीका कारण फिल्म निर्माण र प्रदर्शन ठप्प हुँदा धेरै कलाकार फुर्सदिला भएका छन् । कतिलाई भने म्यूजिक भिडियोमा भ्याइनभ्याइ छ । तर, फिल्म अभिनयमा मात्र सक्रिय रहेका कलाकारहरु सात महिनादेखि घरभित्र सीमित छन् । यो समयमा चल्तीका केही कलाकारलाई फिल्म खेल्ने प्रस्तावको ओइरो लाग्यो । कतिले नयाँ फिल्म साइन पनि गरेका छन् । 

एजेन्सी, मुम्बई, 2020-10-11, आईतवार

बलिउड अभिनेता विवेक ओबेराय अभिनीत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनमाथि बनेको फिल्म ‘पीएम नरेन्द्र मोदी’ सिनेमा हल खुलेपछि फेरि एकपटक प्रदर्शन हुने भएको छ । ७ महिनापछि १५ अक्टुबरमा खुल्न लागेको सिनेमा हलमा यो फिल्म पुनः प्रदर्शन हुन लागेको हो । सन् २०१९ मा प्रदर्शनमा आएको ओमंग कुमार निर्देशित यो फिल्म हलमा पत्तासाफ भएको थियो । 

फिल्मीखबर, काठमाण्डौ, 2020-10-11, आईतवार

नेपाली फिल्म क्षेत्रका लामो रेसका घोडा हुन्, राजेश हमाल । ‘युगदेखि युगसम्म’ बाट अभिनेताको रुपमा डेब्यू गरेका उनले त्यसपछि कहिल्यै करिअर फर्केर हेर्नुपरेन । एक समय उनको टाउको पोस्टरमा राखेको भरमा फिल्म चल्थ्यो । तर, अहिले समय परिवर्तन भएको छ । नयाँ पुस्ताका कलाकारको आगमन बढेसँगै उनी अभिनीत फिल्मले हलसम्म दर्शक तान्न चुकेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2020-10-11, आईतवार

कोरोनाका कारण फिल्म निर्माण र प्रदर्शन रोकिएको सात महिनाभन्दा बढी भइसकेको छ । संक्रमणको उच्च जोखिममा पर्ने क्षेत्र भएकाले सरकार तत्काल फिल्म क्षेत्रमा लगाएको प्रतिबन्ध खोल्ने पक्षमा छैन । फिल्मकर्मीले भने आजको भोली चलायमान हुने क्षेत्र नभएकाले निर्देशिका बनाएर फिल्म क्षेत्र खोल्न अनुमति दिनुपर्ने माग गरिरहेका छन् । तर, यस विषयमा सरकार मौन छ ।

Results : 7855 - 7860 of 24025
Most Visited News (monthly)