Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 7837 - 7842 of 24025
एजेन्सी, मुम्बई, 2020-10-17, शनिवार

बलिउड अभिनेता अजय देवगन अभिनीत सुपरहिट फिल्म ‘तन्हाजी : द अनसंग वारियर’ को सफलतापछि निर्देशक ओम राउतले गएको महिना नयाँ फिल्म ‘आदिपुरुष’ घोषणा गरेका थिए । फिल्ममा पहिलो पटक साउथ सुपरस्टार प्रभास र बलिउड अभिनेता सैफ अली खानले स्क्रिन साझेदारी गर्दैछन् । फिल्ममा प्रभास भगवान राम र सैफ भिलेन लंकेशको भूमिकामा देखिने छन् । 

फिल्मीखबर, काठमाण्डौ, 2020-10-16, शुक्रवार

पछिल्लो समय नेपालमा दिनहुँ जसो बलात्कारका घटनाहरु घटिरहेका छन् । सवारी साधनमा सामुहिक बलात्कारदेखि नाबालिका बलात्कारसम्मका घटनाले नेपाल महिलाको लागि असुरक्षित बन्दै गएको चौतर्फी गुनासो सुनिन थालेको छ । तर, राज्य सत्ता सञ्चालन गर्ने वर्ग नेपालमा बलात्कारका घटनालाई लिएर चिन्तित हुनुपर्ने अवस्था नभएको हल्का टिप्पणी गरिरहेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2020-10-16, शुक्रवार

चार दशक लामो अभिनय करिअरमा कयैन् यादगार फिल्म दिएका चर्चित अभिनेता भुवन केसी उमेरले ६० वर्ष नाघिसकेका छन् । यो उमेरमा प्रायः व्यक्ति कुनै पनि पेशाबाट अवकास लिएर परिवारसँग समय विताउने गर्दछन् । तर, अभिनेता केसी आजका दिन पनि अभिनय र फिल्म निर्माणमा सक्रिय छन् । उनले छोरा अनमोललाई समेत आफूले हिँडेको बाटोमा ल्याएका छन् ।

फिल्मीखबर, काठमाडौं, 2020-10-16, शुक्रवार

अभिनयमा पारंगत मानिने अभिनेत्री मिथिला शर्मा शुक्रवारबाट ५७औं वर्षमा प्रवेश गरेकी छन् । २०२० साल असोज ३० गते काठमाडौंमा जन्मिएकी उनले वि.सं. २०४२ सालमा चेतन कार्कीको निर्देशनमा बनेको फिल्म ‘विश्वास’ बाट अभिनय यात्रा सुरु गरेकी थिइन् । ३५ वर्षदेखि अभिनयमा सक्रिय रहेकी उनी आफूले पाएको भूमिकालाई प्राण दिन कत्ति पनि कञ्जुस्याइँ गर्दिनन् ।

फिल्मीखबर, काठमाण्डौ, 2020-10-16, शुक्रवार

‘भैरे’ फेम्ड निर्देशक एभरेष्ट सूर्य बोहराले ७२ घण्टामा २ घण्टा लामो फिल्म तयार पारेका छन् । कोरोना भाइरसको महामारीका कारण विगत ७ महिनादेखि फिल्म निर्माण तथा प्रदर्शन ठप्प रहेको परिस्थितिमा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर निर्देशक बोहराले फिल्म तयार गरेका हुन् । बिहीवार निर्देशक बोहराको जन्मदिनमा फिल्मको फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।

एजेन्सी, मुम्बई, 2020-10-15, बिहिवार

फोक्सोको क्यान्सरसँग जुधिरहेका बलिउड सुपरस्टार सञ्जय दत्तले चाँडै क्यान्सरलाई जितेर फर्किने विश्वास व्यक्त गरेका छन् । बिहीवार एक भिडियो सन्देशमार्फत् उनले यो हप्ता फिल्म ‘शमशेरा’ को डबिङ पूरा गरेर अर्को वर्षको नोभेम्बरबाट फिल्म ‘केजीएफ २’ को छायांकन सुरु गर्ने बताएका छन् । उनले गएको अगस्टमा फोक्सोमा क्यान्सर भएको थाहा पाएका थिए ।

Results : 7837 - 7842 of 24025
Most Visited News (monthly)