Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 7849 - 7854 of 24025
फिल्मीखबर, काठमाडौं, 2020-10-14, बुधवार

नेपाली फिल्म क्षेत्रमा सफलता खोज्ने कलाकारहरुको संख्या ठूलो छ । लामो समय संघर्ष गर्दा पनि सफलताबाट विमुख हुँदा कति निराश भएका छन् भने कतिलाई पहिलो फिल्मले नै रातारात स्टार बनाएको छ । फिल्मले व्यावसायिक सफलता प्राप्त नगरेसम्म कलाकारको करिअरले गति लिन सक्दैनन् । एकाध कलाकार मात्र फिल्म असफल भए पनि अभिनयको दमले चलेका छन् ।

एजेन्सी, मुम्बई, 2020-10-13, मंगलवार

‘विवाह’ फेम्ड अभिनेत्री अमृता राव र चर्चित रेडियो प्रस्तोता अनमोलको घरमा चाँडै नयाँ सदस्यको आगमन हुने भएको छ । दुवै हालै मुम्बईको खारस्थित एक क्लिनिकबाट बाहिर निस्कँदै देखिएका थिए । तस्विरमा अमृताको बेबी बम्प देखिएको छ । उनको यो तस्विर अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ भने दर्शकहरुले अमृता र अनमोललाई बधाई दिएका छन् । 

फिल्मीखबर, काठमाण्डौ, 2020-10-13, मंगलवार

कोरोना भाइरसका कारण यतिबेला विश्व नै आक्रान्त छ । संक्रमण र मृत्युदर दिनप्रति दिन बढिरहेको छ । लकडाउन अन्त्य हुनुभन्दा अगाडि नेपालमा कोरोना संक्रमतिको संख्या ठूलो थिएन । रोगको डरले मानिसहरुले सावधानी अपनाएका थिए । तर, लकडाउन अन्त्यपछि मानिसहरु कोरोनासँग खासै डराएको पाइएको छैन । जसले गर्दा संक्रमण नियन्त्रणभन्दा बाहिर गएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2020-10-13, मंगलवार

नेपाली फिल्मका चर्चित अभिनेता राजेश हमालले सञ्चालन गर्दै आएको ‘जातको प्रश्न’ नामक कार्यक्रम विवादमा तानिएको छ । क्रिश्चियनको लगानीमा हिन्दूत्वमाथि प्रहार भएको भन्दै हिन्दू समर्थकहरुले सोमवार अभिनेता हमालको पुत्ला (फोटो) दहन गरेका छन् । राष्ट्रिय एकता अभियानको अगुवाईमा काठमाडौंको भिमसेन गोलामा हिन्दू समर्थकहरुले हमालको पुत्ला जलाएका हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2020-10-13, मंगलवार

नेपाली फिल्म क्षेत्रमा अभिनेत्रीको नामले पनि फिल्म विक्छ भन्ने एउटा मानक स्थापित गरेकी अभिनेत्री हुन्, रेखा थापा । हिरोको टाउको पोस्टरमा राखेको भरमा फिल्म चल्ने युगमा उनले नेपाली फिल्ममा आफ्नो दबदबा कायम गरेकी थिइन् । फिल्म ‘किस्मत’ पछि सिंगो फिल्म आफ्नो काँधमा बोकेर हिँड्न सक्ने स्टारडम बनाएकी उनको पर्दामा सधैं हिरोसँग प्रतिस्पर्धा भएको थियो ।

एजेन्सी, मुम्बई, 2020-10-12, सोमवार

सुपरस्टार प्रभास अहिले आफ्नो नयाँ फिल्म ‘आदिपुरुष’ का कारण चर्चामा छन् । यो फिल्ममा उनी भगवान रामको भूमिकामा देखिने बताइएको छ । यसको निर्देशन ‘तान्हाजी’ जस्तो सुपरहिट फिल्मको निर्देशन गरिसकेका ओम राउतले गर्दैछन् । फिल्ममा सैफ अली खान भिलेन लंकेशको भूमिकामा देखिँदैछन् । प्रभास र सैफले पहिलो पटक एकसाथ फिल्ममा काम गर्न लागेका हुन् । 

Results : 7849 - 7854 of 24025
Most Visited News (monthly)