
निर्देशक रोहित शेट्टीले अजय देवगनपछि सबैभन्दा बढी भरोसा गरेका अभिनेता हुन्, रणवीर सिंह । ‘सिम्बा’ र ‘सूर्यवंशी’ मा रणवीरसँग काम गरिसकेका रोहित शेट्टीले अब उनैलाई लिएर नयाँ फिल्म बनाउने भएका छन् । उनले तेस्रो पटक रणवीरसँग टिमअप गर्दैछन् । यो एक कमेडी फिल्म हुने बताइएको छ । रणवीर डबल रोलमा देखिने फिल्मको नाम ‘सर्कस’ राखिएको छ ।

पछिल्लो समय भकाभक सुपरहिट फिल्मको सिक्वेल निर्माण भइरहेको अवस्थामा गत वर्ष प्रदर्शनमा आएको ब्लकबस्टर फिल्म ‘छ माया छपक्कै’ को पनि सिक्वेल निर्माण हुने भएको छ । घरेलु बक्सअफिसमा १४ करोड ग्रस कलेक्सन गरेको फिल्मको सिक्वेलको अहिले स्क्रिप्टमा काम भइरहेको निर्माता रोहित अधिकारीले जानकारी दिए । फिल्मको निर्माण भने तत्काल नहुने उनले बताए ।

नेपाली फिल्ममा करिश्मा मानन्धर जति सफल अभिनेत्री सम्भवतः अरु छैनन् । ९० को दशकमा उनी निर्विकल्प अभिनेत्री झैँ थिइन् । उनको अनुहार पोस्टरमा राखे फिल्म सफल हुने विश्वास निर्माता तथा निर्देशकमा थियो । २०४२ सालमा बनेको फिल्म ‘सन्तान’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी उनले हिन्दी फिल्म ‘दंगा फसाद’ मा समेत आफ्नो अभिनय कला प्रस्तुत गरिसकेकी छन् ।

हास्य कलाकार तथा निर्देशक शिवहरी पौड्याललाई मातृशोक परेको छ । उनकी आमाको सय वर्षको उमेरमा आइतवार निधन भएको छ । १९७७ फागुनमा जन्मिएकी शिवहरीकी आमाको हेटौंडामा आइतबार बेलुकी ११ बजेर ९ मिनेटमा निधन भएको हो । शिवहरीले सय वर्षसम्म परिवारलाई संरक्षण दिएकी आमालाई बचाउन नसकेको भन्दै फेसबुकमार्फत् माफी मागेका छन् ।

अभिनेता सैफ अली खानको करोडौं मुल्यको आलिसान पटौदी प्यालेसको बारेमा जो कोही जानकार छन् । सैफ फुर्सदको समयमा परिवारसँग यो प्यालेसमा बस्ने गर्दछन् । उनको पिताको निधन भएपछि यो प्यालेसलाई भाडामा दिइएको थियो । पछि सैफले पैसा तिरेर पटौदी प्यालेस आफ्नो नाम गरेका थिए । उनले फिल्ममा काम गरेर आठ सय करोडको यो प्यालेस फिर्ता लिएका थिए ।

राष्ट्रिय चलचित्र पुरस्कार विजेता बेनिशा हमाल पछिल्लो पटक हरर फिल्म ‘घर’ मा देखिएकी थिइन् । यो फिल्म प्रदर्शन भएपछि उनी फिल्म मेकिङको अध्ययन गर्न मुम्बई हानिइन् । कोरोनाका कारण अध्ययन रोकिएपछि लकडाउन हुनुभन्दा एक हप्ता अगाडि मात्र उनी नेपाल आएकी थिइन् । अध्ययनका कारण ६ महिना मुम्बई बसेकी उनी अब अभिनयलाई निरन्तरता दिँदैछिन् ।

