Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 7861 - 7866 of 24025
फिल्मीखबर, काठमाण्डौ, 2020-10-11, आईतवार

कलाकार तथा निर्देशक नीर शाह विगत ५० वर्षदेखि अभिनयमा सक्रिय छन् । हरेक प्रकारका भूमिकामा जीवन्त अभिनय गर्न सक्ने खुबी भएका उनी नेपाली फिल्म क्षेत्रका एक धरोहर हुन् । नेपाली फिल्मको सुरुवाती कालखण्डदेखि नै अभिनयमा सक्रिय रहेका उनले कयैन् यादगार फिल्ममा काम गरेका छन् भने आफ्नो आवाजका कारण अरुभन्दा बेग्लै पहिचान बनाएका छन् ।

एजेन्सी, मुम्बई, 2020-10-10, शनिवार

अभिनेता अमिताभ बच्चनले दीपिका पादुकोण र प्रभाससँग एउटै फिल्ममा काम गर्ने भएका छन् । व्याजयन्ती मुभिजको फिल्ममा उनीहरु एकसाथ देखिन लागेका हुन् । प्रभास र दीपिकासँग निर्माण कम्पनीले यसअघि नै सम्झौता गरेको थियो । शुक्रवार व्याजयन्ती मुभिजले यूट्युबमा एक भिडियो सार्वजनिक गर्दै फिल्ममा अमिताभ बच्चनको प्रवेश भएको जानकारी गराएको हो ।

फिल्मीखबर, काठमाण्डौ, 2020-10-10, शनिवार

अभिनेता अनमोल केसीसँग स्क्रिन शेयर गरेपछि फिल्म असफल भए पनि अभिनेत्रीको करिअरले गति लिने विश्वास धेरैमा छ । यसको एक उदाहरण हुन्, उपासना सिंह ठकुरी । उनले अनमोल अभिनीत फिल्म ‘क्याप्टेन’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् । फिल्ममा अर्की अभिनेत्री पनि थिइन्, प्रियंका एमभी । तर, फिल्ममा उपासनाको कामलाई दर्शक तथा समीक्षकले रुचाए ।

फिल्मीखबर, काठमाण्डौ, 2020-10-10, शनिवार

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्याकाण्डमा आधारित भएर निर्माण भएको फिल्म ‘कोपिला’ ओएसआर डिजिटलको दामी म्यूजिक एपमा रिलिज भएको छ । केही समय अगाडि डिस होममा रिलिज भएको यो फिल्म शुक्रवारबाट दामी एपको मोवाइल थिएटरमा रिलिज भएको हो । शुक्रवारबाट दैनिक ४ शोमा फिल्म रिलिज भइरहेको छ ।

फिल्मीखबर, काठमाडौं, 2020-10-09, शुक्रवार

डेढ वर्ष अगाडि प्रदर्शनमा आएको अभिनेता अनमोल केसी स्टारर फिल्म ‘क्याप्टेन’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी उपासना सिंह ठकुरी एजुकेशन एण्ड माइग्रेसन कर्नरको ‘ब्रान्ड एम्बास्डर’ मा नियुक्त भएकी छिन् । उनलाई एक वर्षका लागि शुक्रवार एजुकेशन एण्ड माइग्रेसन कर्नरले नियुक्त गरेको हो । अब उनले यो संस्थाका विभिन्न कार्यक्रममा सहभागिता जनाउनेछिन् ।

फिल्मीखबर, काठमाण्डौ, 2020-10-09, शुक्रवार

नेपालमा बर्सेनि बलात्कार र हत्याका घटना बढ्दै गएको छ । आफ्नै पिताबाट छोरी बलात्कृत, ८० वर्षिय वृद्ध महिलाको बलात्कार, बालिकाको बलात्कारपछि हत्या, सवारी साधनभित्र सामुहिक बलात्कारलगायतका दृष्टान्तले देशमा किशोरी एवं महिलाहरु कति असुरक्षित छन् भन्ने प्रमाण पेश गर्छ । तर, सरकार बलात्कारका घटनाप्रति गम्भीर नभएको जन-गुनासो छ । 

Results : 7861 - 7866 of 24025
Most Visited News (monthly)