Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 7813 - 7818 of 24025
फिल्मीखबर, काठमाडौं, 2020-10-23, शुक्रवार
नेपालीहरुको महान चाड मध्ये एक हो, विजया दशमी अर्थात दशैं । जब दशैं आउँछ तब नेपाली फिल्म ‘मुग्लान’ मा समावेश गीत सर्वाधिक घन्किने गरेको छ । यो गीतले हरेक नेपालीलाई दशैं सम्झाउँछ, दशैं आएको अनुभूति गराउँछ । जब दशैं नजिकिँदै जान्छ तब घर-गाउँ, शहर-बजार जताततै यही गीतमात्र बज्ने गरेको छ । यो गीतलाई विस्थापित गर्ने अहिलेसम्म अरु दशैं गीत समेत बन्न सकेका छैनन् । 
एजेन्सी, मुम्बई, 2020-10-22, बिहिवार

बलिउड फिल्म ‘दिलवाले दुल्हनिया ले जाएंगे’ ले प्रदर्शनको २५औं वर्ष पूरा गरेको छ । २० अक्टोबर १९९५ मा रिलिज भएको फिल्मलाई भारतीय दर्शकले अत्याधिक रुचाएका थिए । शाहरुख खान र काजोल अभिनीत यो फिल्मको हरेक एक दृश्य र संवाद दर्शकलाई अझै कण्ठस्थ छ । तर, यो फिल्मको सेटमा एकपटक काजोललाई निर्देशक आदित्य चोपडाले गाली गरेका थिए । 

फिल्मीखबर, काठमाडौं, 2020-10-22, बिहिवार

कोरोना भाइरसको महामारीका कारण फिल्म अभिनयमा सीमित धेरै कलाकार कामविहीन भएका छन् । आम्दानी लगभग शून्य झैँ छ । सरकारले फिल्म निर्माण र प्रदर्शनमा लगाएको प्रतिबन्ध फुकुवा नगर्दा विगत सात महिनादेखि उनीहरु घरभित्रै दैनिकी विताउन बाध्य छन् । तर, केही कलाकारलाई दोस्रो चरणको बन्दाबन्दीपछि म्यूजिक भिडियोको छायांकनमा भ्याइनभ्याइ छ । 

फिल्मीखबर, काठमाण्डौ, 2020-10-22, बिहिवार

हास्य कलाकार हरिवंश आचार्य र उनकी श्रीमती रमिला आचार्यले कोरोनालाई जितेका छन् । गएको असोज १९ गते स्वास्थ्यमा समस्या देखिएपछि पिसिआर परीक्षण गराउँदा उनीहरुमा कोरोना संक्रमण देखिएको थियो । दुई हप्ता होम आइसोलेसनमा बसेपछि उनीहरुले बुधवार पुनः कोरोना परीक्षण गराएका थिए । हरिवंश आचार्यले कोरोना जितेकोमा खुसी व्यक्त गरेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2020-10-21, बुधवार

अभिनेता दिलजीत दोसांझ, मनोज बाजपेयी र फातिमा सना शेख अभिनीत फेमिली कमेडी फिल्म ‘सूरज पे मंगल भारी’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर कमेडीले भरिएको छ । यो फिल्मका निर्देशक अभिषेक शर्मा हुन् । फिल्ममा अन्नू कपूर, सुप्रिया पिलगांवकर, विजय राज, मनोज पाहवा, नीरज सूद, मञ्जुल शर्मा, अभिषेक बनर्जी, करिश्मा तन्नाको पनि अभिनय रहेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2020-10-21, बुधवार

मोहन राई निर्देशित फिल्म ‘महानगर’ कोलकाता फिल्म फेस्टिभलमा छनोट भएको छ । ‘दि नेटवर्क फर दि प्रमोसन अफ एसियन सिनेमा’ (नेटप्याक) अवार्डका लागि प्रतिस्पर्धात्मक विधामा फिल्म छनोट भएको हो । निर्माण सम्पन्न भएको लामो समयसम्म पनि प्रदर्शनमा आउन नसकेको यो फिल्म नोभेम्बर महिनाको ५ तारिखदेखि १२ तारिखसम्म हुने फेस्टिभलमा वर्ल्ड प्रियिमर हुनेछ ।

Results : 7813 - 7818 of 24025
Most Visited News (monthly)