Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 7807 - 7812 of 24025
फिल्मीखबर, काठमाडौं, 2020-10-23, शुक्रवार
नेपाली फिल्म ‘तिम्रो मेरो प्रेम कहानी’को गीत सार्वजनिक गरिएको छ । एजुकेसन एण्ड माइग्रेसन कर्नरले प्रस्तुत गरेको फिल्मको गीतमा नायिका प्रियंका कार्कीले अभिनय गरेकी छिन् । यो गीत विजया दशमीको अवसर पारेर रिलीज गरिएको हो ।
फिल्मीखबर, काठमाडौं, 2020-10-23, शुक्रवार
चर्चित फिल्म ‘प्रेम गीत’का निर्माता तथा ‘प्रेम गीत ३’का निर्देशक सन्तोष सेनले निर्देशन गरेको दुई डाक्टरको प्रेमकथामा आधारित सांगीतिक भिडियो 'निदाउके सपनीमा' सार्वजनिक भएको छ । दशैँको छेकोमा सार्वजनिक भिडियोमा समावेश गीतमा सुगम पोखरेल र कबिता श्रेष्ठको स्वर रहेको छ । रमेश कुमार श्रेष्ठका शब्दमा एलिश कार्कीको संगीत रहेको छ । 
फिल्मीखबर, ग्यांटोक, 2020-10-23, शुक्रवार
सिक्किमको प्रतिष्ठित ‘रश्मिप्रसाद एल्ली पुरस्कार २०२०’ नेपाली फिल्म निर्देशक उगेन छोपेललाई प्रदान गरिने भएको छ ।
एजेन्सी, मुम्बई, 2020-10-23, शुक्रवार
बलिउडमा आमिर खानलाई मिस्टर पर्फेक्सनिस्ट भन्ने गरिन्छ ।  उनी ठूला स्टार भए पनि निकै विनम्र छन् । फिल्म चल्दा होस् या फिल्म फ्लप हुँदा होस्, उनी सधैं संयम देखिन्छन् । दुई वर्ष अगाडि उनको फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ खासै राम्रो चलेन । यसलाई उनले आफ्नो कमजोरीका रुपमा लिए । अहिले उनी ‘लाल सिंह चढ्डा’ को सुटिङमा व्यस्त छन् । 
एजेन्सी, मुम्बई, 2020-10-23, शुक्रवार
बलिउडमा आफ्नो मेहनतले पहिचान बनाउन सफल अक्षय कुमार सबैभन्दा मेहनती अभिनेतामध्ये एक हुन् । उनको एकै वर्ष ३ देखि ४ वटा फिल्म रिलिज हुन्छन् । सबै फिल्म हिट पनि हुन्छन् । उनले आफ्नो फिल्मी करिअरमा रोमान्टिक, एक्सन, कमेडी, देशभक्ति सबै प्रकारका फिल्म गरेका छन् । उनी आफ्नो फिल्मको चरित्रलाई हुबहुँ निभाउँदैनन् मात्र त्यसलाई जिउँछन् पनि । 
फिल्मीखबर, काठमाडौं, 2020-10-23, शुक्रवार
सञ्चारकर्मी रघुनाथ सापकोटाले निर्माण गर्ने नेपाली फिल्म ‘चिलगाडी’ फूलपाती दिन पारेर औपचारिक घोषणा गरिएको छ । सेलिब्रेटी नेपालको ब्यानरमा बन्ने फिल्मको लागि केहि हप्ता अघि मुख्य अभिनेतामा नाजिर हुसेनलाई अनुबन्ध गरिएको थियो । नाजिरको अपोजिट नायिकाको लागि रोल सुहाउने अभिनेत्रीको खोजि कार्य भई रहेको निर्माण टिमले जानकारी गराएको छ ।
Results : 7807 - 7812 of 24025
Most Visited News (monthly)