Most Recent News Headlines
Results : 7795 - 7800 of 24025

फिल्मीखबर, काठमाण्डौ, 2020-10-31, शनिवार
कोरोना भाइरसका कारण आठ महिनादेखि फिल्म क्षेत्र सुनसान छ । सिनेमा हलको गेटमा ताल्चा झुण्डिएको छ । निर्माण सम्पन्न भएका फिल्म कम्प्यूटरको हार्ड डिस्कमा थन्किएका छन् । निर्माणको तयारीमा रहेका फिल्म सरकारको अनुमति कुरेर बसेका छन् । सरकारले फिल्म क्षेत्रमा लगाएको प्रतिबन्ध फुकुवा नगर्दा फिल्म क्षेत्र अब कसरी अगाडि बढ्ला भन्ने अन्योलको स्थिति छ ।

फिल्मीखबर, काठमाडौं, 2020-10-31, शनिवार
दिन प्रतिदिन भयावह रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमण एकपछि अर्का नेपाली फिल्मकर्मीमा देखिरहेको अवस्थामा फिल्म निर्देशक तथा कलाकार अशोक शर्मालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । दशैं मनाएर जन्मथलो झापाबाट काठमाडौं फर्किने क्रममा सतर्कताका लागि पिसिआर परीक्षण गराउँदा उनमा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

एजेन्सी, चेन्नई, 2020-10-30, शुक्रवार
लामो समयसम्म चलेको गृह युद्धबीच पनि राष्ट्रिय टोलीमा आफ्नो स्थान सुरक्षित गरेका श्रीलंकामा अल्पसङ्ख्यक तमिल समुदायका सदस्य मुथैया मुरलीधरनको जीवनमा आधारित रहेर बन्न लागेको दक्षिण भारतिय (तमिल) फिल्म ‘८००’को व्यापक विरोध भएको छ । यो फिल्मलाई युवाहरूलाई प्रेरणा दिने "स्पोर्टस बायोग्राफी" भनिएको छ ।

फिल्मीखबर, काठमाडौं, 2020-10-30, शुक्रवार
नेपाली फिल्ममा रेखा थापा र आर्यन सिग्देलको दब्दबा रहेको समयमा बनेको फिल्म ‘कसले चोर्यो मेरो मन’को ‘नेम सिक्वेल’ बन्ने भएको छ । रिलीजको दश बर्षपछि ‘कसले चोर्यो मेरो मन-२’ नाम राखेर निर्माता छवि ओझाले नै यो फिल्म बनाउन लागेका हुन् ।

फिल्मीखबर, काठमाडौं, 2020-10-29, बिहिवार
फिल्म ‘कथा काठमाण्डु’ निर्देशन गरेर यौन उत्पीडनका बिषय फिल्मले बोल्नु पर्छ भन्ने सन्देश दिएकी संगीता श्रेष्ठको शर्ट फिल्म 'आइसक्रिम' नेपाल देखी अमेरिका सम्मका विभिन्न फिल्म फेस्टिभलहरुमा छनौटमा परेको छ । अफ्रिकाको 'अफ्रिका फिल्म फोर इम्प्याक्ट फेस्टिभल २०२०', अमेरिकाको 'बेस्ट अफ ल्याटिन अमेरिका सर्ट फिल्म फेस्टिभल', युकेको 'फस्ट टाइम फिल्ममेकर सेसन्स', इटालीको इन्टिमलेन्ट फिल्म फेस्टिभल र नेपालको मानव अधिकार फिल्म फेस्टिभल २०२० मा यो फिल्म छनोट भइसकेको संगीताले बताईन् ।

एजेन्सी, मुम्बई, 2020-10-28, बुधवार
बलीउडमा इच्छाधारी नागिनको कन्सेप्ट काफी पुरानो हो । ८० को दशकमा श्रीदेवीले नागिन बनेर चर्चित बनेकी थिइन् । अहिले निकै बर्ष पछि उहि ट्रेण्ड फर्केको छ । अभिनेत्री श्रद्धा कपूर ठुलो पर्दामा पहिलो पटक नागिनको भूमिकामा अभिनय गर्दैछिन् ।
Most Visited News (monthly)

