Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 7801 - 7806 of 24025
फिल्मीखबर, काठमाडौं, 2020-10-28, बुधवार
फिल्मी दुनियाँमा एउटा कहावत छ- ‘फिल्ममा प्रवेश गर्न जति गाह्रो छ, त्योभन्दा गाह्रो टिक्न छ ।’ प्रतिस्पर्धाको युगमा जित हासिल गर्न ठूलो मेहनत गर्नुपर्छ । सफलता र असफलता दुवैलाई आत्मसात् गरेर हिँड्ने आँट र भरोसा हुनुपर्छ । सफलतामा मात्तिने र असफलतामा आत्तिनेले फिल्म क्षेत्रमा लामो यात्रा तय गर्न सक्दैनन् । त्यसैले यो क्षेत्रमा प्रवेश गरेपछि सम्यमित हुन आवश्यक हुन्छ ।
एजेन्सी, मुम्बई, 2020-10-25, आईतवार
साउथ फिल्मका सुपरस्टार महेश बाबूका प्रशंसकहरूको संख्या विशाल छ । प्रशंसकको ठूलो जमातकै कारण उनी दक्षिण भारतीय फिल्म उद्योगका सबैभन्दा धेरै पारिश्रमिक बुझ्ने अभिनेता पनि हुन् । उनी अहिलेको समयमा एक फिल्ममा काम गर्नका लागि २० देखि २२ करोडसम्म पारिश्रमिक बुझ्ने गर्दछन् । उनी अभिनीत प्रायः फिल्मले बक्सअफिसमा शानदार व्यापार गरेका छन् ।
फिल्मीखबर, काठमाडौं, 2020-10-25, आईतवार
जब हरेक वर्ष नेपालीहरुको घर आँगनमा घुमिफिरी दशैं आउँछ, तब हामीलाई दशैंका पुराना सम्झनाहरुले सताउन थाल्छन् । खासगरी बाल्यकालका दशैं अनुभवले नतमस्तक बनाउँछ । आज हामी केहि नेपाली कलाकारहरुका बाल्यकालिन दशैँ अनुभवलाई प्रस्तुत गरेका छौँ ।
फिल्मीखबर, काठमाडौं, 2020-10-24, शनिवार
ममी बुबा प्रायः भारतमा बस्नुहुन्छ । त्यसैले अघिल्ला वर्षहरुमा दशैं मनाउन म र बहिनी भारत नै जान्थ्यौं । तर, यसपाली लकडाउनका कारण ममी बुबा नेपालमै हुनुहुन्छ । त्यसैले यसपालीको दशैं जन्मघर कैलालीमा मनाउँदै छु । म गएको बुधवार कैलाली आएको हुँ ।
एजेन्सी, मुम्बई, 2020-10-24, शनिवार
बलिउडका दबंग खान उर्फ सलमान खान आफ्नो ‘ब्याड ब्वाई’ को छविबाट बाहिर आइसकेका छन् । तर, इतिहासमा केही गल्तीका कारण आजसम्म उनी कोर्टको चक्कर काटिरहेका छन् । २०७४ सालमा २० वर्ष पुरानो कालो हरिण शिकारको मुद्धामा उनलाई ५ वर्ष जेल सजाय सुनाइएको थियो । तर, उनी केही दिनमा धरौटीमा छुटे । उनले यसअघि पनि चार पटक जेल जीवन विताएका थिए ।
फिल्मीखबर, काठमाडौं, 2020-10-24, शनिवार
कोरोना भाइरसको महामारी नफैलिएको भए यतिबेला सिनेमा घरमा दर्शकको ठूलो चाप हुने थियो । किनकि, दशैंको मुखमा रिलिज हुने फिल्मलाई दर्शकको पर्‍याप्त साथ मिल्ने गरेको छ । फिल्म बलियो बनेको छ भने दशैंमा प्रदर्शन हुने फिल्मलाई लगानी उठाउन गाह्रो पर्दैन । दशैं विदा लामो हुने भएका कारण यो समयमा फिल्म प्रदर्शनका लागि उपयुक्त मानिन्छ । यसैले त दशैंमा फिल्म रिलिज गर्न निर्माताबीच ठूलो राजनीति हुने गरेको छ ।
Results : 7801 - 7806 of 24025
Most Visited News (monthly)