
‘गैंडा’ उपनामले परिचित कलाकार, निर्माता तथा निर्देशक निर्मल शर्मा विगत दुई हप्तादेखि कोरोना भाइरससँग लडिरहेका छन् । सामान्य ज्वरो आएपछि पिसिआर परीक्षण गराउँदा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । यसपछि उनी होम आइसोलेसनमा बसेर स्वास्थ्य लाभ गरिरहेका छन् । कोरोना पुष्टि भएपछि उनले यसापालीको तिहार समेत मनाउन पाएनन् ।

नेपाली दर्शकले सिनेमा हलमा फिल्म हेर्न नपाएको ८ महिनाभन्दा बढी भइसकेको छ । कोरोना भाइरसका कारण सिनेमा हल बन्द हुँदा निर्माण सम्पन्न भएका फिल्म समेत प्रदर्शनमा आउन सकेका छैनन् । फिल्म प्रदर्शनका लागि उपयुक्त समय मानिने दशैं र तिहारमा समेत बन्द रहेका सिनेमा हल अब कहिले खुल्छ, कुनै टुंगो छैन । सरकारले सिनेमा हल खोल्न चासो देखाएको छैन ।

‘बाहुबली’ अभिनेता प्रभासको नयाँ फिल्म ‘आदिपुरुष’ को प्रदर्शन मिति घोषणा गरिएको छ । ठूलो बजेटमा निर्माण हुन लागेको यो फिल्म २०२२ मा प्रदर्शन हुने भएको छ । प्रभासले आफ्नो सोसल मिडियाबाट फिल्मको प्रदर्शन मिति घोषणा गरेका हुन् । उनका अनुसार, ११ अगस्ट २०२२ मा फिल्म प्रदर्शनमा आउनेछ । ‘तन्हाजी’ फेम्ड निर्देशक ओम राउतले फिल्मको निर्देशन गर्दैछन् ।

लामो समयदेखि चलचित्र पत्रकारितामा आबद्ध गोकर्ण गौतमको बिहीवार निधन भएको छ । मष्तिष्कको नशामा समस्या आएपछि उनी सोमबार बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एन्ड एलाइड साइन्सेस (न्युरो अस्पताल) मा भर्ना भएका थिए । स्वास्थ्य अवस्था गम्भीर भएपछि ३१ वर्षिय गौतमको बिहीवार शल्यक्रिया गरिएको थियो ।

एलिजा गौतमले बाल्यकालदेखिको अभिनेत्री बन्ने सपना फिल्म ‘अनुराग’ बाट पूरा गरिन् । दुई सन्तानकी आमा भएपछि अभिनयमा होमिएकी उनलाई पहिलो गाँसमै ढुंगा लाग्यो । फिल्मले हलमा पानी भन्न पाएन । न त एलिजाको अभिनयकै वाहवाही भयो । फिल्ममा उनका श्रीमान ऋषि धमलाको लगानी थियो । पहिलो फिल्मले असफलता भोगेपछि एलिजा निराश भएकी थिइन् ।

झण्डै एक दशक लामो फिल्मी करिअरमा विवादबाट टाढा रहेकी अभिनेत्री वर्षा सिवाकोटी केही वर्षयता प्रेम सम्बन्धका कारण चर्चामा छिन् । उनी अमेरिकामा बसोबास गर्ने सविनजंग थापासँगको प्रेममा छिन् । यद्यपि, वर्षाले प्रेम सम्बन्ध खुलेर स्वीकार भने गरेकी छैनन् । तर, उनले बेला बखतमा सामाजिक सञ्जालमा पोस्ट गर्ने तस्विरले उनी सविनको गहिरो प्रेममा रहेको प्रस्ट्याउँछ ।

