
अभिनेता अरशद वारसी र अभिनेत्री भूमि पेडनेकर अभिनीत फिल्म ‘दुर्गामती’ को ट्रेलर सार्वजनिक भएको छ । तीन मिनट २० सेकेण्डको ट्रेलर निकै थ्रिलिङ छ । जी अशोकको निर्देशनमा बनेको यो फिल्म तमिल तेलुगू भाषाको फिल्म ‘भगमती’ को हिन्दी रिमेक हो । ओरिजनल फिल्मका निर्देशक पनि जी अशोक हुन् भने यसमा अनुष्का शेट्टीले मुख्य भूमिका निर्वाह गरेकी थिइन् ।

एक समय अभिनेता आर्यन सिग्देलको नेपाली फिल्ममा ठूलो दबदबा थियो । लभस्टोरी फिल्ममा पहिलो रोजाई नै उनी हुन्थे । उनको लुक्स नै फिल्म चल्ने आधार मानिन्थ्यो । अभिनयमा पनि अब्बल भएकाले उनले एक दशक करिअर फर्केर हेर्नु परेन । तर, समय सधैं एकनाश रहँदैन । एकै खालका फिल्म र अभिनयमा विविधता पस्कन नसक्दा उनको स्टारडम कमजोर बनेको छ ।

पछिल्ला छिमलका अभिनेतामध्ये स्टारडमको मामलामा अनमोल केसी अगाडि मानिन्छन् । उनको नामले नै फिल्म चल्छ भन्ने विश्वास निर्माता/निर्देशकमा छ । उनले अहिलेसम्म सातवटा फिल्ममा अभिनय गरिसकेका छन् । जसमध्ये ‘कृ र क्याप्टेन’ बाहेक अरु फिल्मले असफलता भोगेनन् । ‘ए मेरो हजुर ३’ भने उनको करिअरको सबैभन्दा ब्लकबस्टर फिल्म सावित भएको थियो ।

कोरोना भाइरसका कारण आठ महिनाभन्दा लामो समयदेखि सिनेमा हल बन्द छन् । निषेधाज्ञा खुकुलो भएपछि सरकारले विभिन्न क्षेत्रलाई सञ्चालनको अनुमति दिए पनि सिनेमा हलमाथिको प्रतिबन्ध हटेको छैन । हल सञ्चालकहरु ५० प्रतिशत दर्शक राखेर फिल्म देखाउन तयार छन् । तर, आन्तरिक खिचातानीमा अल्झिएको सरकार फिल्म क्षेत्रका समस्याप्रति गम्भीर देखिएको छैन ।

२०७३ सालमा मण्डला थियटरमा सफलतापूर्वक मञ्चन भएको नाटक ‘बोक्सीको घर’ को कथामा फिल्म बन्ने भएको छ । करिब एक महिना मञ्चन भएको नाटकलाई सुलक्षण भारतीले लेखन र निर्देशन गरेका थिए भने सरीता गिरीको एकल अभिनय रहेको थियो । सुलक्षण भारतीको लेखनमा निर्माण गर्न लागेको फिल्मलाई सुव्रतराज आचार्य र सुलक्षण भारतीले संयुक्त निर्देशन गर्नेछन् ।

एक समय बलिउडमा आफ्नो दबदबा कायम गरेकी अभिनेत्री जूही चावलाले कयौं सुपरहिट फिल्म दिएकी छन् । त्यस्तै, उनकी समकालिन अभिनेत्री करिश्मा कपूर पनि त्यसबेलाकी टप एक्ट्रेस थिइन् । दुवैले इन्डस्ट्रीमा आफ्नो अलग पहिचान बनाएका छन् । हालै एक अन्तर्वार्तामा जूही चावलाले आफूले रिजेक्ट गरेका दुई ब्लकबस्टर फिल्ममा करिश्माले काम गरेको खुलाएकी छन् ।

