Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 7729 - 7734 of 24026
फिल्मीखबर, काठमाडौं, 2020-11-22, आईतवार

विराज भट्ट र निखिल उप्रेतीको एकछत्र दबदबा तोड्दै नेपाली फिल्ममा भित्रिएका अभिनेता आर्यन सिग्देल एक समय लभस्टोरी फिल्ममा पहिलो रोजाई थिए । लभस्टोरी फिल्ममा उनी जति उम्दा अभिनय गर्ने अभिनेता नेपाली फिल्ममा अरु नभएको चर्चा अहिले पनि हुने गरेको छ । डेब्यू फिल्म ‘किस्मत’ सफल भएपछि उनले एक दशक करिअर पछाडि फर्केर हेर्नु परेको थिएन ।

फिल्मीखबर, काठमाडौं, 2020-11-21, शनिवार

कोरोना भाइरसको महामारी रोक्न सरकारले चैत पहिलो साताबाट देशभर लकडाउन घोषणा गर्‍यो । यसपछि नेपालका हरेक क्षेत्र बन्द भए । फिल्म क्षेत्र भने लकडाउन हुनुभन्दा अगावैदेखि बन्द भएको थियो । लकडाउन अन्त्य र निषेधाज्ञा खुकुलो भएपछि सरकारले विभिन्न क्षेत्रलाई सञ्चालनको अनुमति दिएको छ । तर, फिल्म क्षेत्रमा लगाइएको प्रतिबन्ध अझै फुकुवा भएको छैन ।

फिल्मीखबर, काठमाडौं, 2020-11-21, शनिवार

चकलेटी अभिनेताको रुपमा परिचित आर्यन सिग्देल लामो समयपछि नयाँ फिल्ममा आबद्ध भएका छन् । गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘चच हुईं’ पछि नयाँ फिल्म साइन नगरेका उनले प्रविण झाको निर्देशनमा बन्न लागेको लभस्टोरी थ्रिलर फिल्म ‘डिसेम्बर फल्स’ मा अभिनय गर्ने भएका छन् । शनिवार यो फिल्मको राजधानीमा एक कार्यक्रमका बीच घोषणा गरिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2020-11-20, शुक्रवार

फिल्म निर्देशक तथा सञ्चारकर्मी सुरेश दर्पण पोखरेल बैबाहिक बन्धनमा बाँधिएका छन्। उनले बिराटनगर निवासी निशा कार्कीसँग मंसिर ५ गतेका दिन विवाह गरेका हुन्। 

एजेन्सी, मुम्बई, 2020-11-20, शुक्रवार

भारतीय अभिनेत्री तथा राजनीतिज्ञ किरण खेरका छोरा तथा अभिनेता सिकन्दर खेरले सोसल मिडियाको माध्यमबाट काम मागेका छन् । उनले इन्स्टाग्राममा एक पोस्ट गर्दै काम मागेका हुन् । उनले आफ्नो एक तस्विर पोस्ट्याउँदै लेखेका छन्, ‘मलाई काम चाहिएको छ । म हाँस्न पनि सक्छु ।’ तस्विरमा उनी निकै निराश मुद्रामा देखिएका छन् भने ओठमा मुस्कानसम्म देखिएको छैन ।

फिल्मीखबर, काठमाडौं, 2020-11-20, शुक्रवार

हलिउड अभिनेत्री गल गडोट स्टारर फिल्म ‘वन्डर वुमन १९८४’ को प्रदर्शन मिति घोषणा गरिएको छ । यो फिल्म अमेरिकाको सिनेमा हल र एचविओ म्याक्समा २५ डिसेम्बर २०२० मा रिलिज हुने भएको छ । लामो समयदेखि विश्वभर प्रतिक्षा गरिएको फिल्मको कोरोनाका कारण प्रदर्शन पोस्टपोन्ड गरिएको थियो । सिनेमा हल खुलेसँगै यो फिल्म प्रदर्शनमा आउन लागेको हो ।

Results : 7729 - 7734 of 24026
Most Visited News (monthly)