Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 7747 - 7752 of 24026
फिल्मीखबर, काठमाडौं, 2020-11-14, शनिवार
सप्तरंगी पर्व तिहारलाई नेपाली फिल्मले गीतमार्फत समेट्दै आएको छ । थुप्रै नेपाली फिल्म छन्, जसमा तिहारको प्रसंगमा गीत समावेश गरिएको छ । २ दशक अगाडि तुलसी घिमिरे निर्देशित ‘चिनो’ चलचित्रको ‘दियो बाली साँझको...’ बोलको तिहार गीत आज पनि उतिक्कै कर्णप्रिय र लोकप्रिय छ । जब यो गीत घन्कन थाल्छ तब तिहारले घर आँगन टेकेको महशुस गराउँछ ।
एजेन्सी, मुम्बई, 2020-11-12, बिहिवार

अभिनेता सैफ अली खानले ‘तान्हाजी’ निर्देशक ओम राउतको फिल्म ‘आदिपुरूष’ मा लंकेशको भूमिका निर्वाह गर्दैछन् । यो फिल्मका लागि उनले ११ करोड पारिश्रमिक बुझेको भारतीय मिडियाले उल्लेख गरेका छन् । यसअघि उनले हरेक फिल्ममा ३ देखि ४ करोडसम्म पारिश्रमिक लिने गरेका थिए । ‘तान्हाजी’ को सफलतापछि उनले पारिश्रमिक बढाएको बताइएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2020-11-12, बिहिवार

सिनेमा हलबाट भित्तामा टाँस्न बनाइएको पोस्टरको पैसा समेत उठाउन नसकेका फिल्म जब निःशुल्क प्लेटफर्म यूट्युबमा रिलिज हुन्छन्, तब दर्शकको उल्लेख्य साथ मिल्छ । हलमा भने पैसा तिरेर फिल्म हेर्न तिनै दर्शक नाक खुम्च्याउँछन् । बक्सअफिसमा टाँट पल्टिएका फिल्मले यूट्युबमा लाखौं भ्यूज पाएका धेरै उदाहरण छन् । केही फिल्म भने हल र यूट्युब दुवैमा हिट छन् । 

फिल्मीखबर, काठमाण्डौ, 2020-11-12, बिहिवार

नेपाली फिल्ममा केही वर्षयता चकलेटी हिरोहरुको हालीमुहाली छ । आर्यन सिग्देल, जीवन लुईंटेल जस्ता अभिनेताको दबदबा तोड्दै नेपाली फिल्ममा आएका अनमोल केसी, प्रदीप खड्का, पल शाहलगायतका अभिनेताले अहिले आफ्नो वर्चश्व कायम गरेका छन् । तर, चकलेटी अभिनेता सबैको करिअर सुखद भने छैन । कति अझै आफूलाई दर्शकमाझ चिनाउन संघर्ष गरिरहेका छन् । 

फिल्मीखबर, काठमाडौं, 2020-11-12, बिहिवार

नेपाली हास्यव्यंग्यका धरोहर हरिवंश आचार्य बिहीवारबाट ६३औं वर्षमा प्रवेश गरेका छन् । वि.सं. २०१४ कार्तिक २७ गते काठमाडौं गैरीधारामा पिता होमञ्जय आचार्य र माता गणेशकुमारी आचार्यको कोखबाट जन्मिएका उनले बाल्यकालमा अनेकौं दुख झेलेका छन् । बैंशालु उमेरबाटै कलाकारितामा होमिएका उनी तीन दशकभन्दा लामो समयदेखि कलाकारितामै सक्रिय छन् ।

एजेन्सी, मुम्बई, 2020-11-11, बुधवार

अक्षय कुमार र कियारा आडवाणी अभिनीत फिल्म ‘लक्ष्मी’ यही ९ नोभेम्बरबाट ओटीटी प्लेटफर्म डिज्नीं हटस्टारमा रिलिज भएको छ । रिलिजको केही घन्टामा नै फिल्मले भ्यूअरसिपको रेकर्ड बनाएको छ । डिज्नीं हटस्टारले यो कुराको जानकारी दिँदै इन्स्टाग्राममा लेखेको छ, ‘केही घन्टामा नै फिल्मले कुनै बलिउड फिल्मले ओटीटी प्लेटफर्ममा बनाएको सारा रेकर्ड तोडेको छ ।’ 

Results : 7747 - 7752 of 24026
Most Visited News (monthly)