Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 7723 - 7728 of 24026
फिल्मीखबर, काठमाडौं, 2020-11-23, सोमवार

कोरोना महामारीभन्दा अगाडि नेपालको यूट्युब ट्रेन्डिङ साउथ फिल्मको कब्जामा हुन्थ्यो । यूट्युब ट्रेन्डिङमा साउथ फिल्मलाई जित्न मल्टीस्टारर नेपाली फिल्मलाई समेत हम्मेहम्मे पर्ने गरेको थियो । लकडाउनयता भने हिन्दी भाषामा डब भएका साउथ फिल्म यूट्युबमा खासै रिलिज भएका छैनन् । जसले गर्दा यूट्युब ट्रेन्डिङको शीर्ष स्थान कब्जा गर्न नेपाली फिल्मलाई सहज भएको छ ।

फिल्मीखबर, काठमाडौं, 2020-11-23, सोमवार

नेपाल चलचित्रकर्मी महासंघ प्रदेश नं १ ले फिल्म सम्बन्धि अन्तरक्रिया गर्दै आगामी दिनको कार्ययोजना सार्वजनिक गरेको छ । कोरोनाका कारण सुस्ताएको फिल्म उद्योगलाई चलायमान बनाउन महासंघले आउँदो बैशाखमा ‘नेपाली चलचित्र महोत्सव प्रदेश १’ आयोजना गर्ने भएको छ । प्रदेश नं १ मा रहेका पर्यटकीय स्थानलाई प्रवद्र्धन गर्ने उदेश्यले महोत्सव गर्न लागिएको हो ।

फिल्मीखबर, काठमाडौं, 2020-11-23, सोमवार

बाल्यकालदेखि अभिनयमा सक्रिय सलोन बस्नेत सहायक भूमिकामा सर्वाधिक खोजिने कलाकार हुन् । फिल्ममा उनी भएपछि दर्शकलाई हलमा बाँध्न काफी हुने विश्वास निर्माता/निर्देशकमा छ । उनी भएको फिल्ममा लिड हिरो समेत छायाँमा पर्ने गरेका छन् । उनले सोलो हिरोको रुपमा पनि फिल्म नगरेका होइनन् । तर, उनलाई दर्शकले हिरोको रुपमा भने स्वीकार गर्न सकेका छैनन् ।

एजेन्सी, अमेरिका, 2020-11-22, आईतवार

‘टम एन्ड जेरी’ कार्टून मनपर्ने दर्शकका लागि खुसीको खबर आएको छ । एक पटक फेरि यो कार्टुन हेर्न पाइने भएको छ । ९० को दशकमा ‘टम एन्ड जेरी’ हरेक बच्चनको फेभरेट थियो । अब यो कार्टुन टिभीमा नभइ ठूलो पर्दामा आउने तयारीमा छ । यसलाई फिल्मको शैलीमा निर्माण गरेर सिनेमा हलमा प्रदर्शन गरिँदैछ । अहिले सोसल मिडियामा फिल्मको ट्रेलर भाइरल भएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2020-11-22, आईतवार

फिल्म ‘ए मेरो हजुर ३’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी सुहाना थापा फूलपातीदेखि फिल्म ‘ए मेरो हजुर ४’ को छायांकनमा व्यस्त छिन् । डेब्यू फिल्ममा उनको अभिनयको मुक्तकण्ठले प्रशंसा भएको थियो । यो फिल्म बक्सअफिसमा सुपरहिट सावित हुँदा उनलाई बाहिरी ब्यानरको फिल्मबाट प्रस्तावको ओइरो लागेको छ । तर, उनी होम प्रोडक्सनबाट बाहिर निस्किएकी छैनन् ।

फिल्मीखबर, काठमाण्डौ, 2020-11-22, आईतवार

चलचित्र विकास बोर्डको इतिहासमा सबैभन्दा कठिन समयमा अध्यक्षमा नियुक्त भएका दयाराम दाहाल कोरोनाका कारण विगत ८ महिनादेखि ठप्प रहेको फिल्म क्षेत्र पुनः सुचारु गर्न प्रयासरत छन् । लकडाउनको समय (साउन) मा बोर्ड अध्यक्षमा नियुक्त भएका उनी चाँडै फिल्म क्षेत्र सुचारु हुनेमा विश्वस्त छन् । सरकार फिल्म क्षेत्र खोल्न सकारात्मक रहेको उनको भनाई छ ।

Results : 7723 - 7728 of 24026
Most Visited News (monthly)