
बलिउड अभिनेता आमिर खानका भान्जा तथा ‘देली बेली’ जस्ता फिल्ममा अभिनय गरिसकेका अभिनेता इमरान खानले अभिनय छाड्ने फैसला लिएका छन् । लामो समयदेखि अभिनयबाट टाढा रहेका उनले अब अभिनय नगर्ने भएका छन् । इमरानका नजिकका साथी तथा अभिनेता अक्षय ओबरोयले एक अन्तर्वार्तामा इमरान खानले अभिनय छाड्ने फैसला लिएको बताएका छन् ।

नेपाली अभिनेत्री अदिती बुढाथोकी बलिउड प्रवेशका लागि लामो समयदेखि सपनाको माया नगरी मुम्बईमा संघर्ष गरिरहेकी छन् । मोडलिङको क्षेत्रमा आफ्नो बलियो उपस्थिति जनाएकी उनले म्यूजिक भिडियोबाट पनि भारतीय दर्शकको ठूलो वर्गमा आफूलाई चिनाएकी छन् । उनले केही चर्चित हिन्दी र पञ्जाबी गीतमा अभिनय गरेकी छन्, जसमा उनको सुन्दरताको प्रशंसा भएको छ ।

अभिनेता राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धर नेपाली फिल्मका सर्वाधिक रुचाइएका जोडी हुन् । एक समय यी दुईलाई लिएपछि फिल्म हिट हुन्छ भन्ने विश्वास निर्मातामा थियो । उनीहरु अभिनीत फिल्म प्रायः सफल पनि छन् । करिअरको उत्कर्षमा रहँदा तीन दर्जनभन्दा बढी फिल्ममा एकसाथ काम गरेका उनीहरु पछिल्लो पटक फिल्म ‘किन किन’ मा देखिएका थिए ।

गत वर्षको चैतबाट कोरोना संक्रमण रोकथामका लागि देश लकडाउन भयो । यसपछि ठप्प रहेको फिल्म क्षेत्र अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन । भीडभाड हुने अन्य क्षेत्रले सञ्चालनको अनुमति पाइसक्दा पनि सरकार फिल्म क्षेत्र सुचारु गर्ने विषयमा गम्भीर नदेखिएको फिल्मकर्मीको गुनासो छ । दशैं र तिहारमा समेत ठप्प रहेको फिल्म क्षेत्र कहिले खुल्छ, टुंगो छैन ।



