
निर्देशक तथा कलाकार आकाश अधिकारीले नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा केन्द्रिय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । दुई दशकभन्दा लामो समयदेखि फिल्म क्षेत्रमा सक्रिय उनले बरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र ढकालको प्यानलबाट उम्मेदवारी घोषणा गरेका हुन् । ११ र १२ मंसिरमा महासंघको वार्षिक साधारणसभा र निर्वाचन हुँदैछ ।

रंगीन दुनियाँमा मित्रता र दुश्मनी दिगो हुँदैन भन्ने गरिन्छ । यहाँ कुन विन्दूमा दुश्मनी मित्रतामा परिणत हुन्छ र कहिले घनिष्ट मित्रता दुश्मनीमा बदलिन्छ, कुनै टुंगो हुँदैन । कतिपय भने सम्बन्ध राम्रो नहुँदा नहुँदै पनि देखावटी रुपमा असल बन्ने प्रयास गरिरहेका छन् । फिल्म क्षेत्रमा विशेषगरि कलाकार र निर्देशक-निर्माताबीचको खटपटका खबरहरु बाक्लै बाहिर आउने गरेका छन् ।

कोरोना भाइरसका कारण विगत आठ महिनादेखि फिल्म क्षेत्र ठप्प छ । दशैंदेखि केही फिल्मको छायांकन सुरु भए पनि सिनेमा हल बन्दै छन् । सिनेमा हल खोल्दा कोरोना संक्रमण फैलिने भयले फिल्म क्षेत्रमा लगाइएको प्रतिबन्ध फुकुवा भएको छैन । सरकारले फिल्म छायांकनका लागि पनि अनुमति भने दिएको छैन । तर, निर्माताहरु सावधानीपूर्वक छायांकन गरिरहेका छन् ।

२०१८ मा अभिनेता नाना पाटेकरमाथि यौन उत्पीडनको आरोप लगाएपछि अभिनेत्री तनुश्री दत्ता अचानक चर्चामा आइन् । फिल्म ‘हर्न ओके प्लीज’ को सेटमा नाना पाटेकरले आफूलाई गलत व्यवहार गरेको उनको आरोप छ । नाना पाटेकरले आफूलाई गलत तरिकाले छुने प्रयास गरेको उनले दाबी गरेकी छन् । मिटू मुभमेन्टको हिस्सा बनेकी उनी आफ्नो लागि न्याय मागिरहेकी छन् ।

छिमेकी मुलुक भारतमा कयौं कलाकारले करोडौंको लगानीमा फार्म हाउस खोलेका छन् । जसमा उनीहरु फुर्सदको समयमा परिवारसँग समय विताउने गर्दछन् । लकडाउनको समयमा सलमान खानले आफ्नो फार्म हाउसमा कृषि कर्म गरेका तस्विरहरु निकै भाइरल भएका थिए । आम्दानी सीमित हुने भएकाले नेपाली कलाकारहरुले भने फार्म हाउस खोल्न सकेका छैनन् ।

पछिल्लो समय नेपाली कलाकारहरुको फिल्म निर्माणमा आकर्षण बढ्दै गएको छ । भुवन केसी, आर्यन सिग्देल, रेखा थापा, केकी अधिकारी, ऋचा शर्मा, करिश्मा मानन्धरलगायतले फिल्म निर्माण गरिसकेको अवस्थामा अभिनेत्री आँचल शर्मा पनि कोरोना महामारी अन्त्यपछि फिल्म निर्माण गर्ने तयारीमा जुटेकी छन् । उनले फिल्म निर्देशनको प्रस्ताव भने मिलन चाम्सलाई गरेकी छन् ।

