Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 7705 - 7710 of 24026
फिल्मीखबर, काठमाडौं, 2020-11-29, आईतवार

फिल्मको छायांकन सुरु नहुँदै कलाकार परिवर्तन हुनु नौलो कुरा होइन । प्रायः कलाकार र निर्माण टिमबीच असमझदारी पैदा भएपछि फिल्ममा कलाकार हेरफेर हुने गरेका छन् । नेपाल र अमेरिकामा छायांकन हुने तयारीमा रहेको फिल्म ‘रेड वाइन’ पनि कलाकार परिवर्तन भएका छन् । फिल्मबाट अभिनेता पल शाह बाहिरिएपछि उनको ठाउँमा पुष्प खड्काको प्रवेश भएको छ । 

फिल्मीखबर, काठमाडौं, 2020-11-28, शनिवार
शनिवार सम्पन्न नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा निर्माता तथा निर्देशक आकाश अधिकारी विजयी भएका छन् । उनि वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा ४९ मत सहित विजयी भएका हुन् । मत परिणाम घोषणासँगै अधिकारी दोस्रो पटक महासंघको केन्द्रीय सदस्य बनेका छन् ।
फिल्मीखबर, काठमाण्डौ, 2020-11-28, शनिवार

सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंलाई आधार बनाएर निर्माण भएको रिमेश अधिकारी निर्देशित फिल्म ‘नालापानी’ लाई विषेश चलचित्र घोषणा गरी आर्थिक सहयोग उपलब्ध गराउन फिल्म सम्बन्धित संघ संस्थाहरुले सरकारसँग सिफारिस गरेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2020-11-28, शनिवार

कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले लकडाउन घोषणा गरेपछि रोकिएको फिल्म ‘परदेशी २’ को छायांकन सुरु भएको छ । बिहीवारबाट पाल्पाको माथागढी गाउँपालिकाको विभिन्न स्थानमा फिल्मको छायांकन भइरहेको छ । सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर फिल्मको छायांकन थालिएको निर्देशक नारायण रायमाझीले जानकारी दिए ।

एजेन्सी, मुम्बई, 2020-11-27, शुक्रवार

तेलुगू फिल्मका चर्चित अभिनेता साईं श्रीनिवास बेल्लमकोन्डा बलिउड फिल्म इन्डस्ट्रीमा इन्ट्री गर्ने तयारीमा छन् । उनले आफ्नो बलिउड डेब्यूका लागि एस.एस. राजामौली निर्देशित तथा प्रभास अभिनीत सुपरहिट तेलुगू फिल्म ‘छत्रपति’ को हिन्दी रिमेक रोजेका छन् । पेन स्टूडियोका सञ्चालक जयन्ती लाल गढाले यो फिल्मको निर्माण गर्नेछन् । साईंले फिल्म साइन गरिसकेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2020-11-27, शुक्रवार

देशभरका उद्योगी-व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको ५४औं साधारण सभा बिहीवारबाट सुरु भएको छ भने नयाँ नेतृत्वका लागि शनिवार निर्वाचन हुँदैछ । यसपटक बरिष्ठ उपाध्यक्ष पदका लागि चन्द्रप्रसाद ढकाल र किशोर प्रधान प्यानल नै बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् । यतिबेला महासंघको निर्वाचनले फिल्मकर्मीको पनि ध्यान आकर्षित गरेको छ ।

Results : 7705 - 7710 of 24026
Most Visited News (monthly)