Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 7699 - 7704 of 24026
फिल्मीखबर, काठमाण्डौ, 2020-11-30, सोमवार

‘कुसुमे रुमाल’, ‘लाहुरे’, ‘सम्झना’ जस्ता सुपरहिट फिल्ममा काम गरेकी एक समयकी सफल अभिनेत्री तृप्ति नाडकर विवाहपछि अभिनयमा सक्रिय छैनन् । परिवारसँग भारतमा बस्दै आएकी उनको अब नेपाली फिल्ममा फर्किने सम्भावना न्यून छ । तर, उनका छोरा धिरज टोटलानीले भने नेपाली फिल्ममा डेब्यू गर्ने भएका छन् । निर्देशक सुरेन्द्र पौडेलले उनलाई हिरो बनाउन लागेका हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2020-11-30, सोमवार

भारतको चर्चित गायन रियालिटी शो ‘इन्डियन आइडल’ सिजन ३ का विजेता प्रशान्त तामाङले कयौं यादगार नेपाली गीतमा आफ्नो आवाज भरिसकेका छन् । ‘अरे क्यानम, असारे महिनामा, विछोडको करौतीले, सिरिमा सिरी, जाउला रेलैमा, घामको माया, बतासै सरर’ जस्ता गीत गाएर आम नेपालीको मनमा बसेका उनले आफ्नो अभिनय कलाबाट पनि धेरैलाई प्रभावित बनाएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2020-11-30, सोमवार

सरकारले फिल्म क्षेत्रलाई सञ्चालनको अनुमति नदिए पनि दशैंदेखि एकपछि अर्को फिल्मको छायांकन भइरहेको छ । यसबीच, अभिनेता पुष्प खड्का र अभिनेत्री श्रद्धा क्षेत्री स्टारर फिल्म ‘कृष्ण लीला’ को पनि शुक्रवारबाट छायांकन सुरु भएको छ । अहिले फिल्मको इलामका विभिन्न रमणीय स्थानमा छायांकन भइरहेको छ । इलाम आसपासमा नै फिल्मको सम्पूर्ण छायांकन हुनेछ ।

एजेन्सी, मुम्बई, 2020-11-29, आईतवार

अभिनेत्री आलिया भट्ट र अभिनेता रणबीर कपूर प्रेम सम्बन्धका कारण लामो समयदेखि चर्चाको केन्द्रमा छन् । उनीहरु विवाह गर्ने तयारीमा समेत रहेको भारतीय मिडियाले बताएका छन् । यस्तैमा आलियाले रणवीर बस्ने अपार्टमेन्टकै भवनमा एक अपार्टमेन्ट खरिद गरेकी छन् । बान्द्राको पाली हिलस्थित एक भवनमा उनले अपार्टमेन्ट किनेकी हुन्, जहाँ रणवीरको पनि अपार्टमेन्ट छ ।

फिल्मीखबर, काठमाण्डौ, 2020-11-29, आईतवार

२०७२ सालको विशेष चलचित्र घोषणा भएको फिल्म ‘छायाँ’ टेलिभिजनमा हेर्न पाइने भएको छ । बाल यौन दुराचारको विषयमा निर्माण भएको फिल्म मंसिर १६ गतेबाट डिस होममा रिलिज हुँदैछ । फिल्म हेर्नका लागि २२५ रुपैयाँ शुल्क तोकिएको छ । फिल्मलाई मनोज पण्डितले निर्देशन गरेका हुन् । उनी गम्भीर विषयमा फिल्म बनाउने निर्देशकको रुपमा परिचित छन् ।

फिल्मीखबर, काठमाडौं, 2020-11-29, आईतवार

कोरोना भाइरसका कारण विगत आठ महिनादेखि सिनेमा हलमा ताल्चा लागेको छ । सरकारले लकडाउनभन्दा अगावैदेखि फिल्म क्षेत्रका गतिविधिमा प्रतिबन्ध लगाएको थियो । निषेधाज्ञा खुकुलो भएपछि भीडभाड हुने अन्य क्षेत्र सञ्चालनमा आए पनि फिल्म क्षेत्रमाथिको प्रतिबन्ध अझै फुकुवा भएको छैन । जसले गर्दा यस क्षेत्रमा आश्रित हजारौं फिल्मकर्मीको भविष्य संकटमा परेको छ ।

Results : 7699 - 7704 of 24026
Most Visited News (monthly)