
‘प्रेमगीत’ सिरिजको एउटा विशेषता भनेको गीत-संगीत पनि हो । यो फिल्मका दुई सिरिज गीतकै कारण चर्चामा थिए । ‘प्रेमगीत’ को ‘मैले सोचेको जस्तै, म यस्तो गीत गाउँछु, म त अलपत्रै’ गीत निकै चर्चित भएका थिए भने दोस्रो सिरिजको ‘कहानी यो प्रेम गीतको, मोटरसाइकलमा, विस्तारै विस्तारै’ गीत पनि उतिक्कै रुचाइएको थियो । अहिले ‘प्रेमगीत ३’ को ‘हर युग’ गीत चर्चामा छ ।

आउँदो माघ ४ गतेबाट छायांकन सुरु हुन लागेको फिल्म ‘डिसेम्बर फल्स’ को मुख्य अभिनेत्रीमा उपासना सिंह ठकुरी अनुबन्ध भएकी छन् । ‘क्याप्टेन’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी उनले ‘कबड्डी कबड्डी कबड्डी’ पछि नयाँ फिल्म साइन गरेकी थिइनन् । उनले मंगलवार ‘डिसेम्बर फल्स’ साइन गरेकी हुन् । अब यो फिल्ममा उनले अभिनेता आर्यन सिग्देलसँँग रोमान्स गर्नेछिन् ।

बलिउडमा कयौं वर्ष कठोर संघर्ष गरेपछि अभिनेता नवाजुद्दीन सिद्दीकीले आज आफ्नो अलग पहिचान बनाएका छन् । हरेक प्रकारका भूमिकामा जीवन्त अभिनय गर्न सक्ने खुबी भएका उनले हिरोदेखि भिलेनसम्मको भूमिका निर्वाह गरेका छन् । एकातिर उनलाई नन् कमर्शियल फिल्ममा निकै रुचाइन्छ भने अर्कोतिर कयौं सफल कमर्शियल फिल्ममा पनि अभिनय गरेका छन् ।

निर्माता रोज राणा सन् २००८ को सुपरहिट फिल्म ‘खलनायक’ को सिक्वेल निर्माणको तयारीमा छन् । दशैं अगाडि नै फिल्मको छायांकन सुरु हुने बताइएको थियो । तर, सरकारले फिल्म क्षेत्रका गतिविधि फुकुवा नगर्दा र कोरोनाको संक्रमण सामान्य नहुँदा फिल्मको छायांकन अन्योलमा परेको छ । अब स्थिति सामान्य भएपछि माघबाट छायांकन थाल्ने तयारीमा निर्माण टिम छ ।

एक दशक लामो करिअरमा अभिनेत्री केकी अधिकारीले पहिलो पटक फिल्म ‘छ माया छपक्कै’ बाट सफलता हात पारिन् । २५ वटा फिल्मको असफलतापछि उनले सफलता हासिल गरेकी हुन् । फिल्मको असफलताले उनको करिअरमा खासै ठूलो प्रभाव भने पारेको थिएन । फिल्ममा उनलाई भ्याइनभ्याइ थियो । अभिनयमा अब्बल भएकाले उनी कहिल्यै कामविहीन हुनु परेन ।

देओल परिवारले फेमिली ड्रामा फिल्म ‘अपने’ को सिक्वेल निर्माण गर्ने घोषणा गरेको छ । बलिउड अभिनेता धर्मेन्द्रले एक ट्विट गर्दै यसको जानकारी दिएका हुन् । उनले ट्विटरमा लेखेका छन्, ‘सबै शुभचिन्तकहरुको आर्शिवादका कारण ‘अपने २’ लिएर आउँदैछौं ।’ ‘अपने’ सन् २००७ मा रिलिज भएको थियो । फिल्ममा धर्मेन्द्र र उनका दुई छोरा सनी देओल र बबी देओल लिड रोलमा थिए ।

