Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 7675 - 7680 of 24026
फिल्मीखबर, काठमाण्डौ, 2020-12-08, मंगलवार

सोमवार धनगडीका विजयन्द्र सिंह रावतसँग लगनगाँठो कसेकी अभिनेत्री श्वेता खड्काले एकल महिलाको सशक्तिकरणमा काम गर्ने सोच रहेको बताएकी छन् । यसका लागि आफू प्रयासरत रहेको पनि उनको भनाई छ । सोमवार साँझ सामाजिक सञ्जाल फेसबुकमा विवाहका तस्विरहरु साझेदार गर्दै उनले एकल महिलाको सशक्तिकरणमा आफूले काम गर्न चाहेको बताएकी हुन् । 

फिल्मीखबर, काठमाडौं, 2020-12-07, सोमवार
अभिनेत्री श्वेता खड्काले विवाह गरेकी छन् । उनले स्व. अभिनेता श्रीकृष्ण श्रेष्ठको निधनको ६ वर्षपछि दोस्रो विवाह गरेकी हुन् ।
फिल्मीखबर, काठमाण्डौ, 2020-12-06, आईतवार

स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठको निधनको ६ वर्षपछि अभिनेत्री श्वेता खड्काले दोस्रो विवाह गर्ने निर्णय लिएकी छन् । मंसिर २२ गते सोमवार (भोली) उनले धनगडीका विजयेन्द्र सिंह रावतसँग लगनगाँठो कस्दैछिन् । दुई वर्षदेखिको प्रेम सम्बन्धलाई उनीहरुले विवाहमा परिणत गर्न लागेका हुन् । काठमाडौंस्थित गोकर्ण फरेस्ट रिसोर्टमा उनीहरुको विवाह विहान ८ बजेदेखि सुरु हुँदैछ । 

फिल्मीखबर, काठमाण्डौ, 2020-12-06, आईतवार

एक समय हिट फिल्मका ग्यारेन्टी मानिने दीपक श्रेष्ठ निर्देशनमा सुस्ताएको ७ वर्षभन्दा बढी भइसकेको छ । पछिल्लो पटक उनी निर्देशित फिल्म ‘रङ वे’ प्रदर्शनमा आएको थियो । यो फिल्मको असफलतापछि निर्देशनबाट टाढा भएका उनी अब नयाँ फिल्म बनाउने आन्तरिक तयारीमा लागेका छन् । श्रेष्ठले फिल्मका लागि मुख्य अभिनेताको प्रस्ताव विपिन कार्कीलाई गरेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2020-12-06, आईतवार

नेपाली समाजमा परापूर्वककालदेखि नै मंसिर महिनामा विवाह गर्नुपर्छ भन्ने एउटा बलियो धारणाले जरा गाडेको छ । त्यसैले अरु महिनाभन्दा मंसिर महिनामा धेरै जोडीहरु बैबाहिक बन्धनमा बाँधिएका हुन्छन् । प्रेम विवाह होस् या मागी विवाह, विवाहको लागि मंसिर कुर्नुपर्ने प्रचलन नेपालमा छ । यस वर्षको मंसिर महिनामा पनि धेरै अविवाहित युवा-युवतीहरु बैबाहिक जीवनमा बाँधिए । 

फिल्मीखबर, काठमाडौं, 2020-12-06, आईतवार

स्टाइलिस अभिनेता सलिनमान बनियाँ अभिनीत फिल्म ‘यात्रा’ बाट अभिनय करिअर सुरु गरेकी अभिनेत्री हुन्, मलिका महत । यो फिल्ममा उनको अभिनय र सुन्दरताको निकै प्रशंसा भएको थियो । समीक्षक तथा फिल्मकर्मीले सम्भावना बोकेको अभिनेत्रीको रुपमा तारिफ गर्दा उनी दंग थिइन् । तर, फिल्म बक्सअफिसमा डिजास्टर सावित हुँदा उनको करिअरले गति लिन सकेको छैन । 

Results : 7675 - 7680 of 24026
Most Visited News (monthly)