
गुरु नानक जयन्तीको विदा पारेर यही कात्तिक ३० गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘केटी हराएको सूचना’को दोस्रो टिजर सार्वजनिक गरिएको छ । एक मिनेट लम्बाईको संवादविहीन टिजरले प्रेम, द्वन्द्व र रहस्यलाई प्रस्तुत गर्छ । अभिनेता नाजिर हुसेन र अभिनेत्री सृष्टि श्रेष्ठलाई पछ्याएको टिजरले उनीहरुको सम्बन्धमा आउने उतार-चढावलाई देखाउँछ, जुन रोचक छ ।

राजनीति र फिल्म क्षेत्रमा दोस्ती र दुश्मनी दिगो हुँदैन भनिन्छ । घाँटी जोडेर हिँडेकाहरु क्षणभरमै दश्मन बनेका र वर्षौंदेखि पानी बाराबारको सम्बन्ध रहेकाहरु घनिष्ट मित्र बनेका कयौं उदाहरण छन् । अभिनेत्रीद्वय पूजा शर्मा र सुष्मा कार्कीको सम्बन्ध हेर्दा पनि यो छर्लङ्ग हुन्छ । कुनै बेला एकअर्काको नाम समेत सुन्न नचाहने उनीहरु यतिबेला गाला जोडेर टिकटक बनाउन थालेका छन् ।

गन्धर्व समुदायको कथामा आधारित भएर बनेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ यही कात्तिक १५ गते लक्ष्मीपूजाबाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा छ । ‘काँधेकुरी’ गीत रिलिजपछि चर्चामा रहेको फिल्मले गत बिहीबार सार्वजनिक ट्रेलरबाट पनि राम्रो ‘हाइप’ निर्माण गरेको छ । युट्युबमा ट्रेलरलाई आकर्षक भ्यूज मिलेको छ भने प्रतिक्रिया पनि सकारात्मक प्राप्त छ ।

दशैंको फूलपातीबाट प्रदर्शनमा आएको फिल्म ‘ज्वाइँ साब’ले सुरुवातदेखि नै ‘छक्का पञ्जा ५’ र ‘१२ गाउँ’सँगको भिडन्तका कारण अपेक्षित शो पाउन सकेन । ‘ओपनिङ’ पनि सन्तोषजनक नहुँदा शो झनै खुम्चियो । तर, ‘वर्ड अफ माउथ’ राम्रो मिल्न थालेपछि फिल्मले गति समात्यो । दशैंको टीकापछि अकुपेन्सीमा वृद्धि गरेको फिल्मले दोस्रो हप्तामा पनि राम्रो दर्शक पाइरहेको छ ।

भनिन्छ, ‘हरेक १० वर्षमा फिल्म क्षेत्रले नयाँ अनुहार खोज्छ ।’ नेपाली फिल्म क्षेत्रमा यो देखिएको पनि छ । राजेश हमाल, भुवन केसी, शिव श्रेष्ठको उदय भएको लगभग १० वर्षपछि निखिल उप्रेती, विराज भट्ट जस्ता एक्सन नायक जन्मिए । त्यसको १० वर्षपछि राजबल्लभ कोइराला, आर्यन सिग्देल, जीवन लुइँटेलको उदय भयो । यो पुस्तापछि आएका सौगात मल्ल, दयाहाङ राई, विपिन कार्की, अनमोल केसी, प्रदीप खड्काको करिअरले पनि १० वर्षको अवधि पूरा गरिसकेको छ ।

विश्व प्रतिष्ठित फेस्टिभलहरु चहारिरहेको दीपक रौनियार निर्देशित फिल्म ‘पूजा, सर’लाई लिएर एउटा महत्त्वपूर्ण खबर बाहिरिएको छ । फिल्मको कार्यकारी निर्मातामा बलिउड निर्देशक अनुराग कश्यप जोडिएका छन् । हलिउड म्यागजिन भेराइटीले यसबारेमा समाचार प्रकाशन गर्दै च्यानल फोरले यूके र आयरल्यान्डका लागि फिल्मको राइट्स खरिद गरेको पनि जनाएको छ ।