
वर्षौंदेखि नेपाली फिल्म हलिउड र बलिउड फिल्मको डरले बाँच्दै आएको छ । अब साउथ फिल्मको हिन्दी डबबाट पनि नेपाली फिल्म डराउनु पर्ने स्थिति सृजना भएको छ । गत पुषमा साउथ फिल्म ‘पुष्पा’को डरले नेपाली फिल्म ‘चपली हाइट ३’ले प्रदर्शन मिति छाड्नु परेको थियो । यसैक्रममा, फिल्म ‘हेल्लो जिन्दगी’ले पनि साउथ फिल्म ‘आरआरआर’का कारण रिलिज सारेको छ ।

विगत ५ वर्षदेखि प्रेममा रमाइरहेको जोडी हो, सौगात मल्ल र सृष्टि श्रेष्ठ । केही समय प्रेमलाई गुपचुप राखेका उनीहरु अचेल खुलेर प्रेम सम्बन्धको बारेमा बोल्ने गरेका छन् । यो जोडी विवाह बन्धनमा बाँधिने तयारीमा समेत छ । आउँदो वर्ष विवाहको योजनामा रहेका उनीहरुले ‘पोइ पर्यो काले’, ‘मासु भात’, ‘रेड सुटकेश’ लगायतका फिल्ममा एकसाथ काम पनि गरिसकेका छन् ।

२०७६ सालको फागुनबाट फिल्म ‘२ नम्बरी’को छायांकन सुरु भएको थियो । तर, छायांकन सुरु हुन र कोरोना महामारी फैलिन एकै समयमा भयो । जसले गर्दा फिल्मको अधुरैमा छायांकन रोकियो । अब दुई वर्षपछि यही चैत १५ गतेबाट फिल्मको पुनः छायांकन सुरु हुँदैछ । फेरि सुरुबाटै छायांकन गर्न लागिएको फिल्ममा केही कलाकारदेखि निर्मातासम्म परिवर्तन भएका छन् ।

अभिनेता पुष्प खड्का र अभिनेत्री श्रद्धा क्षेत्री स्टारर फिल्म ‘कृष्ण लीला’को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण टिमले कृष्ण जन्माष्टमीको दिन पारेर आउँदो भदौ ३ गते फिल्मलाई प्रदर्शन गर्ने निधो गरेको हो । यसअघि यो फिल्म गत वर्षको चैत २७ गते प्रदर्शनमा आउने तयारीमा थियो । तर, कोरोनाका कारण सरकारले हलहरु बन्द गरेपछि फिल्म प्रदर्शन हुन सकेको थिएन ।

एक नाबालिगलाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरी हिरासतमा रहेका अभिनेता पल शाहको पक्ष र विपक्षमा यतिबेला सामाजिक सञ्जालमा बहस भइरहेको छ । यो प्रकरणमा आम मानिसको मात्र नभइ फिल्मकर्मीहरुकै पनि भिन्न-भिन्न धारणा आइरहेका छन् । कसैले पलको पक्षमा अभिव्यक्ति दिँदै हिँडेका छन् भने कसैले नाबालिगको संरक्षणमा आवाज उठाएका छन् ।

किपालय प्रडक्सनले ब्रिटिश काउन्सिलसँगको सहकार्यमा नेपाली फिल्म तथा सञ्चारमाध्यममा महिलाको सहभागिता बारेमा एक दिने बहस कार्यक्रमको आयोजना गरेको छ । सोमवार चाबहिलस्थित चलचित्र विकास बोर्डको सभा हलमा दिनभरी जस्तो चलेको कार्यक्रममा फिल्म तथा सञ्चारमाध्यममा महिलाहरुको उपस्थिति तथा भूमिकाको विविध पाटोमा गहन छलफल गरिएको थियो ।

