
प्रेमलाई मित्रताको नाम दिएर मिडियाको आँखा छल्न नेपाली कलाकारहरुले ‘डिग्री’ गरेका छन् । तर, मिडियाको अगाडि साथीको सम्बन्ध प्रमाणित गरेर वास्तविक जीवनमा भने उनीहरु प्रेमको विरुवा हुर्कारहेका हुन्छन् । ‘हामी साथी मात्रै हौं’ भनेर हिँड्ने धेरै कलाकारहरु अहिले विवाह बन्धनमा बाँधिसकेका छन् । त्यसैले कलाकारहरुको बोली र व्यवहार पत्याइहाल्नु मुर्खता हुनसक्छ ।

लामो समयदेखि बेलायतमा बस्दै आएका अभिनेता तथा निर्माता विक्रम डि जोशी आफू अभिनीत तथा निर्मित नयाँ फिल्म ‘हेल्लो जिन्दगी’को प्रमोशन र रिलिजका लागि नेपाल आएका छन् । चार वर्षपछि शुक्रवार मातृभूमि टेकेका उनलाई फिल्मका निर्देशक एभरेष्ट सूर्य बोहरा, निर्मात्री तथा अभिनेत्री सविता गुरुङलगायतले पञ्चकन्यासहित त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए ।

एक नाबालिगलाई जबर्जस्ती करणी गरेको आरोप लागेका अभिनेता पल शाहलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न तनहुँ जिल्ला अदालतले तनहुँ प्रहरी कार्यालयलाई अनुमति दिएको छ । शुक्रवार शाहलाई प्रहरीले म्याद थप गर्नका लागि अदालत पेश गरेको थियो । प्रहरीले अझै अनुसन्धान नसकिएको भन्दै म्याद बढाउन गरेको निवेदनलाई जिल्ला अदालतले सदर गरेको हो ।

महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलकिपर एन्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित भएर फिल्म ‘अन्जिला’ निर्माण हुने भएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच फिल्मको औपचारिक निर्माण घोषणा गरियो । मिलन चाम्सको निर्देशनमा बन्न लागेको फिल्ममा एन्जिला स्वयंको मुख्य भूमिका रहनेछ । उनीसँगै फिल्ममा दयाहाङ राई, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रेम कुमार श्रेष्ठ लगायतको पनि अभिनय रहनेछ ।

बलिउड अभिनेता सलमान खान चाँडै साउथ सुपरस्टार चिरञ्जीवीसँग साउथ फिल्म ‘गडफादर’मा देखिँदैछन् । यसमा उनको केमियो भूमिका छ । चिरञ्जीवीसँगको घनिष्ट मित्रताका कारण उनी यो फिल्ममा काम गर्न तयार भएका हुन् । जब मित्रता निभाउने कुरा आउँछ तब बलिउडमा सलमानभन्दा राम्रो साथी अरु हुन सक्दैन । र, यसपटक फेरि उनले यो कुरा सावित गरेका छन् ।

निर्माणको ७ वर्षपछि फिल्म ‘चिसो एष्ट्रे’ शुक्रवारबाट प्रदर्शनमा आएको छ । ट्रेलर र गीतंगीतबाट ठूलो आश जगाएको फिल्मले मल्टीप्लेक्सहरुमा सु्खद् शो पाएको छ । तर, बक्सअफिसमा यो फिल्मले शुक्रवारबाटै प्रदर्शनमा आएको बलिउडको ठूलो फिल्म ‘बच्चन पान्डे’ र रिलिजको एक हप्तापछि नेपाल भित्रिएको अर्को बलिउड फिल्म ‘द कश्मीर फाइल्स’सँग भिडन्त गर्नुपरेको छ ।

