Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 6109 - 6114 of 24027
फिल्मीखबर, काठमाडौं, 2022-03-20, आईतवार

नेपालमा अवैध मानिएको क्रिप्टोकरेन्सी (भर्चूअल मुद्रा) को विज्ञापनमा आफ्नो तस्विर प्रयोग भएपछि अभिनेत्री प्रियंका कार्कीले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा उजुरी दिएकी छन् । केही फेसबुक पेजहरुले जानकारीबिना क्रिप्टोकरेन्सीको प्रचारमा आफ्नो भिडियो तथा तस्विर प्रयोग गरेको भन्दै उनले दोषीलाई कारवाहीको माग गर्दै सीआईबीमा उजुरी दिएकी हुन् । 

फिल्मीखबर, काठमाण्डौ, 2022-03-20, आईतवार

आउँदो बैशाख १६ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्म ‘मन्त्र’को ट्रेलर सार्वजनिक भएको छ । आइतवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा अभिनेता सौगात मल्ल र अभिनेत्री दीया पुन केन्द्रमा छन् । भिन्न गेटअप र लवजमा प्रस्तुत उनीहरुको प्रेममा आउने उतार-चढावलाई ट्रेलरमा देखाइएको छ । ट्रेलरमा लोकेशन र छायांकन पक्ष उम्दा छ ।

फिल्मीखबर, काठमाडौं, 2022-03-20, आईतवार

फिल्म ‘द कश्मीर फाइल्स’ले कमाईमा नयाँ इतिहास रच्ने देखिएको छ । प्रदर्शनको पहिलो दिन ३ करोड ५५ लाखको औसत ओपनिङ गरेको फिल्मले दोस्रो दिनबाट बक्सअफिसमा उछाल ल्याउन सुरु गरेको थियो । फिल्मले प्रदर्शनको पहिलो हप्तामा नै सय करोडको आँकडा छोएको थियो । बलियो ‘वर्ड अफ माउथ’ले गर्दा फिल्मको कमाईको रफ्तार दिन प्रतिदिन बढेको बढ्यै छ ।

फिल्मीखबर, काठमाडौं, 2022-03-20, आईतवार

२०७६ सालको फागुन अन्तिममा फिल्म ‘दुई नम्बरी’को छायांकन सुरु गरिएको थियो । तर, छायांकन भइरहँदा कोरोना महामारी फैलिएपछि फिल्मको काम अगाडि बढ्न सकेन । यसपछि रोकिएको फिल्मको छायांकन अब दुई वर्षपछि चैत १५ गतेबाट सुरु गर्ने तयारीमा निर्माण टिम छ । पुनः सुरुबाटै छायांकन गर्न लागिएको फिल्ममा निर्मातादेखि कलाकारसम्म परिवर्तन भएका छन् ।

फिल्मीखबर, काठमाडौं, 2022-03-20, आईतवार

विदेशी भूमिमा पाइला टेकेपछि नेपाली अभिनेत्रीहरुको बेग्लै अवतार देख्न पाइन्छ । फिल्ममा कहिल्यै बोल्ड सिन नदिएका र दिन नचाहने अभिनेत्रीहरु विदेशका समुन्द्री किनारमा पुगेपछि भने विकिनी अवतारमा प्रस्तुत हुन्छन् । उनीहरुले विकिनीमा खिचेका तस्विरहरु मिडियाका लागि पनि गतिलै खुराक बन्ने गर्छ । त्यस्ता तस्विरले अभिनेत्रीहरुलाई केही दिन चर्चाको कमी हुन दिन्न ।

फिल्मीखबर, काठमाडौं, 2022-03-19, शनिवार

नेपाली चलचित्रका केही आयाम र पात्रहरुमा आधारित पुस्तक ‘क्लोज-अप’ सार्वजनिक गरिएको छ । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच चलचित्र पत्रकार जीवन पराजुलीद्वारा लिखित पुस्तकको सार्वजनिकीकरण गरिएको हो । पुस्तकलाई अभिनेत्री करिश्मा मानन्धर, निर्देशक तथा अभिनेत्रीद्वय दीपाश्री निरौला र झरना थापा, चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, निर्देशक नारायण पुरी, कवि एवं फिल्म निर्देशक राजेन्द्र शलभ लगायतले संयुक्त रुपमा विमोचन गरेका हुन् । 

Results : 6109 - 6114 of 24027
Most Visited News (monthly)