Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

केकी र गरिमाले खोले `साया`को घुम्टो (भिडियो सहित)

फिल्मीखबर, काठमाण्डौ, 2014/09/08
सुविन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’को सिक्वेल ‘साया’ सार्वजनिक भएको छ । सोमबार अभिनेत्री गरिमा पन्त र केकी अधिकारीका साथमा सुबिन स्वयंले प्रज्ञा प्रतिष्ठानको डबलीमा पुस्तक सार्वजनिक गरे । 
 
 
अभिनेत्री केकी अधिकारीले पुस्तक सार्वजनिक गर्ने कार्यक्रममा पहिलो पटक उपस्थित भएको भन्दै भीड देखेर खुशी व्यक्त गरिन् । पुस्तक सार्वजनिक कार्यक्रममा हजार भन्दा बढी पाठकको उपस्थिति थियो । 
 
केकीले पुस्तकको साहित्यिक स्तर निर्धारण गर्ने आफ्नो हैसियत नभएपनि 'साया' पढ्दा एकदमै राम्रो उपन्यास पढेको अनुभूति भएको बताइन् । ‘साया’ ‘समर लभ’को छायाँ हो तर यो आफैंमा पूर्ण छ,’ केकीले भनिन् ।  
 
सांगीतिक प्रस्तुतिका बीच सम्पन्न पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेत्री गरिमा पन्तले उपन्यासले ‘नेक्स्ट जेनरेसन’को कथालाई प्रस्तुत गरेको विचार व्यक्त गरिन् । ‘उपन्यासले हाम्रो समयको कथा भनेको छ जुन पुस्तकको सबल पक्ष हो । त्यसैगरी पुस्तकमा प्रयुक्त भाषा शैली र शब्द छनोट लोभलाग्दो छ,’ गरिमाले भनिन् । उनले सुबिनका उपन्यास फिल्म जस्तै हुनाले लेखकलाई फिल्म क्षेत्रमा आउन आग्रह गरिन् ।
 
 
लेखक सुबिनले ‘समर लभ’मा अनुत्तरित प्रश्नलाई ‘साया’ले सम्बोधन गर्ने बताए ।  ‘उपन्यासका दुई प्रमुख पात्र साया र अतितको प्रेमलाई जुन मोडमा ल्याएर टुङ्याइएको छ, सायाको कथा त्यहीँबाट अगाडी बढ्छ,’ लेखक सुबिनले भने । सुबिनले ‘साया’लाई प्रेमको बिम्बको रुपमा अथ्र्याउँदै साया हरेकको मनमा बस्ने विश्वास व्यक्त गरे ।  
 

Most Visited News (monthly)