Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको उपकुलपतिमा शम्भुजित नियुक्त

फिल्मीखबर, काठमाण्डौ, 2014/09/08

बरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको उपकुलपतिमा नियुक्त भएका छन् । विगत ३० बर्षयता प्रज्ञा प्रतिष्ठानमा संगीत निर्देशकको रुपमा जागिरे रहेका बाँस्कोटा गत शुक्रबार प्रतिष्ठानको उपकुलपतिमा नियुक्त भएका हुन् ।

प्रतिष्ठानको कुलपतिमा भने साहित्यकार सरु भक्त नियुक्त भएका छन् । बाँस्कोटाले आइतबार संस्कृतिमन्त्री भीम आचार्यको उपस्थितिमा पद तथा गोपनियताको सपथ लिए । उनले आइतबारबाट नै आफ्नो कार्यभार पनि सम्हालेका छन् ।

 

संस्कृति मन्त्रालयले आगामी चार बर्षका लागी बाँस्कोटालाई यो जिम्मेवारी दिएको हो । सफल संगीतकार बाँस्कोटा नेपाल टेलिभिजनको महाप्रबन्धक तथा चलचित्र विकास बोर्डको अध्यक्ष पद सम्हालि सकेका छन् ।

 

यस्तै प्रतिष्ठानको सदस्य सचिवमा साहित्यकार गणेश रसिक तथा प्राज्ञ सभा सदस्यका रुपमा गीतकार उन्नती बोहरा (शिला), माधव प्रधान, पुष्कर गुरुङ, उदय श्रेष्ठ लगायत नियुक्त भएका छन् ।
 

Most Visited News (monthly)