Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पैसाले होइन ‘पोलिसी’ले चल्छ फिल्म

फिल्मीखबर, काठमाण्डौ, 2014/09/08
प्रविधी र जमाना फेरिदै जाँदा, यतिबेला फिल्मको व्यापार गर्ने तरिका पनि फेरिएको छ । ‘बोल्नेको पिठो पनि बिक्ने’ यो जमानामा चुप लागेर थुप्रै फिल्म असफल भएका छन् । तर बोल्दैमा फिल्म बिक्छन् भन्ने पनि छैन । धेरै बोलेर पनि व्यापार चौपट भएका धेरै उदाहरण छन् । 
 
फिल्मको मार्केटिङ हिजोआज महंगो बनेको वुझाई धेरैको छ । फिल्म निर्माणको बजेट र प्रचारको बजेट उस्तै बनेको भन्नेहरु पनि कम छैनन् । तर, प्रचार भन्दा पनि ‘पोलिसी’ले फिल्म चल्छ भन्ने कमैले मात्र वुझेका छन् ।
 
फिल्म बजारमा कम पैसामा हल्ला गरिएका फिल्मको व्यापार धेरै पैसामा अनावश्यक चर्चा गरिएका फिल्मको भन्दा धेरै छ । यसै बर्ष प्रदर्शनमा आएका दुई फिल्म ‘मुखौटा’ र ‘ताण्डव’का निर्माताले प्रचारमा राम्रै रकम खर्च गरे । तर दुबै फिल्मको प्रचारको रकम पनि उठ्न सकेन । कारण, फिल्मको प्रचार पैसाले मात्र होइन, ‘पोलिसी’ले पनि हुन्छ भन्ने निर्माताले वुझेनन् ।
 
बर्षकै सुरुवातमा प्रदर्शनमा आएको फिल्म ‘नोभेम्बर रेन’को प्रचार सामान्य रकममा धेरै भयो । निर्माताले प्रचारमा ठूलै रकम लगानी गरेको जस्तो देखिएपनि बाहिर हल्ला भएजस्तो छैन । तर, मार्केटिङ पोलिसी उच्च गर्दा निर्माता सुवास गिरी लगानी सुरक्षित गर्न सफल देखिए । तर ‘नोभेम्बर रेन’सँगै प्रदर्शनमा आएको चलचित्र ‘कबड्डी’को प्रचार कमजोर देखियो । यसको निर्माणपक्षले प्रचारका लागि खासै रकम खर्च गरेन । तर सामाजिक संजाल र इन्टरनेटमा फिल्मको पहिलो ट्रेलरले नै उच्च उचाई पाउँदा दर्शक हलसम्म ओइरिए ।
 
नेपाली फिल्म बजारमा प्रवेश गर्ने धेरैजसो नयाँ निर्माता कुनै ‘पोलिसी’विना नै रकम खर्च गरिरहेका छन् । जसका कारण पनि फिल्मको प्रचार उच्च देखिएपनि पैसा मात्र खर्च भएको देखिन्छ, उपलब्धी शुन्य जस्तै ।
 
फिल्म नगरीमा निरन्तर लागेका निर्माताले राम्रो प्रचार गरेपनि रकम भने हल्ला जस्तो खर्च गरेका हुँदैनन् । यो कुरामा निर्माता छविराज ओझा सर्वाधिक अगाडि आउँछन् । छविको फिल्मले व्यापार पनि राम्रो गर्छ, चर्चा पनि त्यसैअनुसार पाउँछ । तर, छविले फिल्मको प्रचारका लागि चर्को रकम खर्च गर्दैनन् ।
 
निर्माता तथा निर्देशक विकास आचार्य पनि आफ्नै तरिकाले फिल्मको प्रचार गरेको पाइन्छ । उनले निर्माण तथा निर्देशन गरेका अधिकांश फिल्म सुपरहिट छन् । तर, उनले प्रचारमा रकम भने खासै खर्च गरेको पाइदैन । गतबर्ष प्रदर्शनमा आएको ‘नाई नभन्नु ल २’ले कम खर्चमै उच्च उचाई पायो र दर्शक हलसम्म ओइरिए । उनलाई राम्रोसँग थाहा छ, फिल्म चल्न दर्शकलाई कसरी आकर्षण गर्ने ? 
 
यता केही फिल्मकर्मी भने सस्तो प्रचारले दर्शकलाई तान्ने प्रयास गरिरहेका हुन्छन् । उनीहरूको सस्तो सोचाईले निर्माताको खल्ती भरिएको उदाहरण न्यून नै छ । फिल्म चलाउन प्रचारमा राम्रै खर्च गर्नुपर्ने आवश्यकता आज छ । तर, पैसा खर्चले मात्र फिल्म चल्छ भन्ने सोचाई राख्नु आँफैमा गलत छ । यो कुरामा पुराना निर्माताहरु जती सजग छन्, त्यती नै नयाँ निर्माताहरु कमजोर देखिन्छन् । 
 
निर्माताहरु फिल्मको प्रचारलाई लगानीमा कहिल्यै पनि राख्दैनन् । जसका कारण पनि उनीहरु प्रचारको समयमा रन्थनिएको पाइन्छ । फिल्मको प्रचारलाई पनि लगानी सोच्ने हो र एउटा मार्केटिङ पोलिसी बनाउने हो भने, फिल्म पक्कै पनि चल्छ । 'लुट'मा सौगात मल्लले भनेका छन्, 'बल हैन पासा दिमाग लगा दिमाग ।' 
Most Visited News (monthly)