मंसिर ५ गते नेपालका हलहरूमा लाग्ने नेपाली फिल्म 'श्री ५ अम्बरे'को अडियो गीतहरू सार्वजनिक गरिएको छ । फिल्ममा समावेश ५ वटा गीतहरूलाई साउण्ड क्लाउड मार्फत सार्वजनिक गरिएको हो । गीतसँग फिल्म सुटिङ बेलाका तस्विरहरू पनि सार्वजनिक गरिएका छन् ।
.jpg)
.jpg)
समाजमा रहेको राजा बन्न चाहने एक पात्रको कथामा आधारित यो फिल्ममा सौगात मल्ल, केकी अधिकारी, प्रियंका कार्की, बिक्रम सिंह, सिर्जना अधिकारी, यमबुद्ध, दिवाज राई, मार्टिन खान, राज गोदाइली लगायतको अभिनय रहेको छ । अभिमन्यु निरवीले लेखेको यो फिल्मलाई ‘अन्तराल’ निर्देशक दिपा बस्नेतले निर्देशन गरेकी हुन् ।
.jpg)
.jpg)
'श्री ५ अम्बरे' जीवनसाथी फिल्म्स् प्रा.लि.को तेस्रो चलचित्र हो । फिल्मको सम्पुर्ण पोष्ट प्रोडक्सनको कार्य लगभग सकिएको छ । यस फिल्ममा कृष्णहरि बराल, कालीप्रसाद बाँस्कोटा, यम बुद्धले गीत रचना गरेका छन् भने बसन्त सापकोटा, कालीप्रसाद बाँस्कोटा, बाबु बोगटी तथा यम बुद्धले संगीत गरेका छन् । गीतहरूमा शिव परियार, यम बुद्ध, मिलन अमात्य, सनुप पौडेल लगायतले स्वर भरेका छन् ।

.jpg)
चन्दन दत्तको सम्पादन रहेको फिल्मलाई गणेश श्रेष्ठले छायाँकन गरेका हुन् । टि. एन. आचार्य र दिपक आचार्य निर्माता रहेको यो फिल्मलाई डिजिटल सिनेमा नेपालले वितरणको जिम्मा लिएको छ ।
गीत सुन्न यहाँँ क्लिक गर्नुहोस् ► https://soundcloud.com/Shree 5 Ambare Songs

