Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

गौरीलाई कसले साथ दिने ?

फिल्मीखबर, काठमाण्डौ, 2014/09/07
अमेरिकामा लामो समय बसेपछि अभिनेता रमेश उप्रेती र अभिनेत्री गौरी मल्ललाई फेरि नेपाली फिल्म क्षेत्रमा घुलमिल हुने जोश पलाएको छ । समय, मानिस, मिडिया, बिषयवस्तु र दर्शक सबै परिवर्तन भएका छन् । यसैले पनि रमेश र गौरीका लागि पुरानै स्थानमा पुग्नु फलामको चिउरा चपाउनु जस्तै पक्कै होला ।
 
अभिनेता उप्रेतीलाई पहिलेकै स्थानमा ल्याउन अभिनेत्री करिश्मा मानन्धर जोडतोडका साथ लागेकी छिन् । करिश्मा र रमेश सार्वजनिक कार्यक्रममा एकैसाथ देखिन्छन् । रमेशको निर्माणमा करिश्माले फिल्म निर्देशन गर्ने तयारी पनि हुँदैछ । 
 
शनिबार सम्पन्न भएको ‘एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार’मा रमेशको साथमा करिश्माले नृत्य गरिन् । रमेशलाई मिडिया र दर्शकमाझ फर्काउने करिश्माको यो काइदाको तरिका पनि थियो । तर, रमेशसँगै नेपाल फर्किएकी अर्की अभिनेत्री गौरी मल्ललाई भने कसले साथ देला ? 
 
गौरीलाई पनि अमेरिकाबाट फर्के लगतै सार्वजनिक कार्यक्रममा धेरै देखिन्छ । मिडियाको क्यामेरामा गौरी धेरै जसो कैद हुन्छिन् । उनको क्रेज अझै देखिन्छ । तर, पुरानो क्रेज फर्काउन गौरीलाई पनि केही समय लाग्छ नै । 
 
शनिबार रमेश उप्रेती अवार्ड कार्यक्रममा नाच्दै गर्दा गौरीले कार्यक्रम संचालकको रुपमा अभिनेत्री नम्रता श्रेष्ठलाई रिप्लेस गरिन् । नम्रताले रेमनदास श्रेष्ठसँग मिलेर चलाउने भनिएको कार्यक्रममा एकाएक गौरी मल्ल देखिदा सबै चकित भए । नम्रताले शनिबार बिहान आयोजकसँग केही कुरा नमिलेपछि कार्यक्रम नचलाएको वुझिन्छ । उनको ठाउँमा गौरीलाई ल्याइएको हो ।
 
गौरी मल्ललाई फिल्म नगरीमा अगाडि बढ्न साथ दिने जोडी आजसम्म देखिएको छैन । तरपनि गौरीले आफ्नो उपस्थिती भने दरिलो बनाउदै लगेकी छिन् । जेहोस्, गौरीलाई फिल्ममा कमव्याक कस्ले गराउला ? प्रतिक्षा गरौं । 
Most Visited News (monthly)