Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मण्डलामा `मन्डे मुभिज`

फिल्मीखबर, काठमाण्डौ, 2014/09/07
समिक्षक समाज, मण्डला थियटर नेपाल र इन्डीजिनियस फिल्म आर्काभको संयुक्त आयोजनामा मन्डे मुभिज नामक कार्यक्रम सोमबार (भदौ २३, अपरान्ह ४:४५) देखि सुरु हुँदैछ । कार्यक्रमको पहिलो चरणमा इरानी फिल्म ‘द सङ्ग्स् अफ स्प्पारो’ प्रर्दशन गरिने भएको छ । 
 
इरानी निर्देशक माजिद माजिदीले निर्देशन गरेको ‘संग अफ स्प्यारो’ करिम नामक कृषकको चुनौतीमाथि केन्द्रित छ । यस फिल्मले सन् २००८ को बर्लिन अन्तराष्ट्रिय फिल्म महोत्सव अन्तर्गत ‘सिल्भर वियर फर एक्टर’को अवार्ड जित्न सफल भएको थियो । यो फिल्म ८१ औं एकेडेमी अवार्ड अन्तरगत उत्कृष्ट विदेशी भाषाको फिल्मको अवार्डमा मनोनयनमा परेको थियो । 
 
दोस्रो चरणमा फिल्म प्रदर्शन लगत्तै फिल्मका विभिन्न पक्षमाथि समेत अन्तरक्रिया संञ्चालन गरिने आयोजकले जनाएको छ । इरानी फिल्म समिक्षक र फिल्म मेकर कोमिइल सोहेइली र निर्देशक निश्चल बस्नेतले अन्तरक्रियात्मक कार्यक्रममा सहभागिता जनाउँदैछन् । 
 
हरेक सोमबार संञ्चालन हुने मन्डे मुभिजमा फिल्मका प्राविधिक, कथा, अभिनय र कलाका विभिन्न विषयमा अन्तरक्रिया हुनेछ । स्मृति ढुंगाना, ईश्वर रौनियार, बाल्मीकि पोखरेल, अर्जुन कार्की र संगम पुलामी मगरको टिमले मन्डे मुभिज क्लबलाई संञ्चालन गर्नेछन् । यस क्ल्बमा फिल्मसम्बन्धी व्यक्तिहरुलाई सदस्यता प्रदान गरेर फिल्मसम्बन्धी बहस गराउने योजनामा मन्डे मुभिज क्लब लागिपरेको छ ।
Most Visited News (monthly)