Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

`स्टार भनेर घमण्ड गर्नु छैन` : आर्यन सिग्देल

फिल्मीखबर, काठमाण्डौ, 2014/09/07
अभिनेता आर्यन सिग्देलले आफू कहिल्लै स्टार नभएको बताएका छन् । फिल्मीखबरमा प्रकाशित `म देशको एक मात्र नायक` भन्ने शिर्षकको समाचारमा आफूले भन्न खोजेको आशय अर्कै रहेको बताउँदै आफूले कहिलै 'स्टार' भनेर घमन्ड नगर्ने भनाइ राखे । 
 
एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कारमा 'महसुश' फिल्मबाट सर्वोत्कृष्ट अभिनेताबाट अवार्ड जितेपछि उनले भनेका थिए, 'कल्याण घिमिरे (निर्माता)ले मलाई यो देशको एक मात्र नायक तिमी हौ भन्नुभएको थियो, आज मलाई त्यो महसुश भएको छ ।' यो भनाइलाई आर्यनले आफू फिल्मको मात्र नायक भएको प्रस्ट्याउन चाहेको बताए । 
 
'मा आफूलाई ठुलो बनाएर राख्न चाहन्न,' आर्यनले भने, 'मेहनत गर्छु फलको पनि आश गर्दिन । कसैसँग नराम्रो हुन पनि चाहन्न ।' 'आवेग' फिल्मको सुटिङ गर्दा गर्दै घुँडामा समस्या आएपछि केही दिन आराम गरेर पुन: सुटिङ गर्न तयार भएका  आर्यनले थपे, 'म एउटा साधारण कलाकारको रूपमा मात्रा चिनिए पुग्छ ।' 
 
केही दिनअघि उनी फिल्म ‘आवेग’को छायांकनको समयमा खुट्टामा चोट लागि घाइते भएका थिए । आर्यनको घुँडाको लिगामेन्ट्स च्यातिएको छ भने कुरकुरे हड्डी भाँचिएको छ । एक गीतको छायांकन र केही एक्सन दृश्य सकेपछि आर्यनले खुट्टाको अप्रेशन गर्नेछन् । 
 
 
Most Visited News (monthly)