Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 3.00/5.00)
Text size:-
+
-

`म देशको एक मात्र नायक` : आर्यन

फिल्मीखबर, काठमाण्डौ, 2014/09/06
अभिनेता आर्यन सिग्देलले घुमाउरो शैलीमा आफूलाई देशको एक मात्र नायक भएको दाबी गरेका छन् । आज काठमाण्डौमा सम्पन्न भएको एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कारमा सर्वोत्कृष्ट अभिनेताबाट अवार्ड जितेपछि उनले यस्तो भनाइ राखेका हुन् ।  
 
 
आर्यन अवार्ड थाप्न घाइते अवस्थामा स्टेज चढे । उनले अवार्ड पाएपछि भने, 'निर्माता कल्याण घिमिरेले मलाई यो देशको एक मात्र नायक तिमी हौ भन्नुभएको थियो, आज मलाई त्यो महशुश भएको छ ।' अवार्ड पाएपछि केही अकमकिएका आर्यनले के बोल्ने भेउ पाइरहेका थिएनन् । यसैले उनले आफूले बोलेको कुराले के र कस्तो अर्थ लाग्छ भन्ने खासै याद नगरेको हुनसक्छ ।
 
एक अवार्ड पाउनु मात्र कलाकारको सफलता होइन, अवार्ड प्रोत्साहन हो । निर्माताले आफूलाई देशको एक मात्र नायक भएको भन्दिदैमा स्वयंम आफूलाई मात्र एक्लो नायकको दाबी गर्दा आर्यन हाँसोको पात्र पक्कै बने । 
Most Visited News (monthly)