Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बर्थडेमा सुर्दशनलाई फिल्म निर्देशनको अफर

फिल्मीखबर, काठमाण्डौ, 2014/09/06

नयाँ प्रोडक्सन हाउस आसुसेन फिल्मस् प्रोडक्सनले सुर्दशन थापालाई जन्मदिनको अवसर पारेर नयाँ फिल्म निर्देशनको जिम्मेवारी दिएको छ । ३२औँ बर्थडेको अवसरमा आसुसेन प्रोडक्सन हाउसका प्रमुख सन्तोष सेन ठकुरी र मिलन सेन ठकुरीले थापालाई र्सप्राईज स्वरुप पहिलो फिल्म निर्देशनको जिम्मेवारी दिएका हुन् ।


पहिलो फिल्म सुर्दशनसँग गर्ने ईच्छा भएकाले उपहार स्वरूप फिल्म निर्देशनको अफर गरेको सन्तोष सेनले बताए । दिईएको जानकारी अनुसार सुर्दशनले कमेडी जनरमा आसुसेनको फिल्म निर्देशन गर्नेछन् । सुर्दशन स्वयं उक्त फिल्मका मुख्य पात्र हुने बताईएको छ । फिल्ममा सुवास थापा, नव नायकको रुपमा प्रेम पुरी  र हिरोइनको रुपमा पूजा शर्मा खेल्ने बताईएको छ ।



'मैले आफ्नो करिअरमा पाएको सबैभन्दा ठूलो उपहार नै यहि हो', सुदर्शनले भने, 'पूर्ण मिहिनेतका यो उपहारको सम्मान गर्नेछु ।' आउँदो तिहारपछि फ्लोरमा जाने उद्धेश्य सहित थापाले फिल्म निर्देशन गर्ने सेड्यूल बनाएका छन् । फिल्मको टाईटल केही हप्तापछि सार्वजनिक गरिने भएको छ ।

Most Visited News (monthly)