'तपाईंको ड्रेस त गज्जबको लाग्यो' एउटा व्यङ्य प्रश्न गर्दा अभिनेत्री सुमिना घिमिरेले हाँस्दै जवाफ दिईन, 'कहिलेकाहीं जवानी देखाउन मन लाग्छ क्या ।' जवानी कस्तो ठाउँमा देखाईन्छ सुमिना घिमिरेले बुझिनन् या हामीले ? पाठकले पक्कै बुझ्नु हुनेछ जब परिवेशलाई यसरी व्याख्या गरिन्छ ।
.jpg)
नेपाल चलचित्र कलाकार संघले आयोजना गरेको १३ औं वार्षिक साधारणसभा कार्यक्रममा पुगेकी संस्थाकी सदस्य अभिनेत्री सुमिना घिमिरेको ड्रेस हेरेर नाक नखुम्च्याउने सायदै थिएनन् । लाज उनलाई पनि लागेको हुनु पर्छ नत्र समारोहमा ड्यास छेउ बसेका फिल्मकर्मीको पछि पछि लुकेर बस्न उनलाई पर्थेन ।

फिल्मकर्मीहरूलाई सम्मान गर्ने कार्यक्रम समेत भएकाले र उपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्य रहने भएकाले सुमिना बाहेकका संघका कार्यसमिती सदस्य सबै औपचारिक ड्रेसमा उपस्थित थिए । घरबाट निस्कने बेला उनलाई ख्याल भएन या कार्यक्रमको महत्व बुझिनन्, वान पिस त्यो पनि खुल्ला ड्रेसमा सुमिनको उपस्थितीले माहोल नै गरमागरम भयो ।

कलाकार संघकै अन्य कार्यक्रममा सकृया देखिने सुमिना आजको कार्यक्रममा भने लुक्नमा नै व्यस्त रहिन् । सुमिनाले गर्ने काम अर्की अभिनेत्री सुभेच्छा थापाले गरिन् । सुभेच्छा कार्यक्रममा साडीमा उपस्थित थिईन् । यही साडी पहिरनले सुभेच्छा कार्यक्रमको मुख्य सहयोगी बनिन्, सुमिना भने लुकेरै बस्न वाध्य भईन् ।

