प्रविधिमा अभ्यस्त पुस्ताले आफ्नो ग्याजेटबाटै मनोरञ्जन लिन थालेका छन् । ग्याजेटमा विभिन्न एप्स र सफ्टवेयरमार्फत आफूलाई चाहिएका सामग्री खोज्ने क्रम बढ्दै गएको छ । आधुनिक प्रविधिको सदुपयोग गर्दै नेपालीहरू एप्समा रमाउन थालिसकेका छन् ।
यहि कुरालाई मध्येनजर गर्दै अभिनेता जीवन लुईंटेलले आफ्ना बारेमा सम्पूर्ण जानकारी दिन एन्ड्रोइड मोबाइलका लागि 'एप्स' बनाएका थिए । गत माघ महिनामा आइफोन बाहेकका एन्ड्रोइड मोबाइलमा Jiwan Luitel नामको एप्स सार्वजनिक भएको थियो । सोही 'एप्स' अब एप्पलको IOS Store बाट पनि डाउनलोड गरेर जीवनको बारेमा जानकारी लिन सकिने छ ।
आफ्ना शुभचिन्तकसँग प्रत्यक्ष रुपमा साक्षत्कार गर्न 'एप्स' बनाएको जीवनको भनाई छ । जीवनको 'एप्स'मा उनले गरेका काम र सुचना हेर्न सकिन्छ । जीवनको 'एप्स'लाई नेपाली एनड्रोइड एप स्टोर AppsJhola ले पनि प्रबर्द्धन गरेको छ । उनको www.jiwanluitel.com नामक वेभसाईट छ । प्राबिधिको प्रयोगमा जीवन अन्य सेलिब्रेटीको तुलनामा अगाडी देखिएका छन् ।