मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

संविधानसभा अध्यक्षलाई ज्ञापन पत्र

फिल्मीखबर, काठमाण्डौ, 2014/09/01
अब बन्ने संविधानमा फिल्मलाई समेट्नु पर्ने माग सहित अखिल नेपाल चलचित्रकर्मी संघका तर्फबाट केन्द्रिय पदाधिकारीले संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई सोमबार ज्ञापन पत्र बुझाएका छन् ।
 
 
दुई बुँदे सो ज्ञापन पत्रमा स्वदेशी फिल्मलाई राज्यले राष्ट्रिय महत्वको संवेदनशील सांस्कृतिक उत्पादनका रुपमा दिने (राज्यको दायित्व सम्बन्धी बुँदामा थप्ने) र फिल्मलाई अभिव्यक्तिको माध्यमका रुपमा परिभाषित गरी यसलाई मौलिक हकभित्र समावेश गरिनुपर्ने माग उल्लेख छ । संघका तर्फबाट केपी पाठकले यो मागपत्र अध्यक्ष नेम्वाङलाई सिंहरदबार स्थित उनकै कार्यकक्षमा भेटेर बुझाए ।
 
अध्यक्ष नेम्वाङले अखिल नेपाल चलचित्रकर्मी संघले उठाएको मागलाई अब बन्ने संविधानमा समावेश गराउन आफुले पहल गर्ने प्रतिबद्धता जनाए । समयमै संविधान निर्माणका लागि फिल्मकर्मीले पनि आफ्नो तर्फबाट सहयोग गर्नु पर्ने उनले बताए ।
 
 
यस्तै संसदिय समितिका अध्यक्ष डा. बाबुराम भट्टराई र एनेकपा माओबादीका प्रमुख सचेतक गिरीराजमणि पोखरेललाई पनि सिंहदरबारमा भेटेर संघका पदाधिकारीहरुले सोही ज्ञापनपत्र बुझाए । भट्टराई र पोखरेलले पनि संघको सो माग पुरा गर्न आफुहरु सक्दो रुपमा लागि पर्ने बताए ।