मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कलाकर्मीको बर्गीकरण गर्न कार्यदल गठन

फिल्मीखबर, काठमाण्डौ, 2014/09/01
नेपाल सरकारले कलाकर्मीको बर्गीकरण गरि कार्ड वितरण गर्न एक कार्यदलको गठन गरेको छ । आज संचारमन्त्रालयका सह–सचिव कविराज खनालको संयोजकत्वमा गठन भएको कार्यदलमा राजेन्द्र सलभ, भरत शाक्य, अभिनेत्री करिश्मा मानन्धर सदस्य छन् । यस्तै कार्यदलमा सदस्य सचिव नारायण प्रसाद आचार्य छन् ।
 
भोली मंगलबार पत्र वुझेपछि कार्यदलले आफ्नो कामलाई अगाडी बढाउनेछ । विशेषगरी फिल्म नगरीमा लागेका कलाकार, निर्माता, निर्देशक, गायक–गायिकाको बायोडाटा संकलन गर्ने काम कार्यदलले गर्नेछ । यसपश्चात उनीहरुलाई कसरी 'क' र 'ख' श्रेणीमा राख्ने भन्ने छलफल फिल्मसँग सम्बन्धित बिभिन्न ९ संघसंस्था बसेर गर्ने बताइएको छ ।
 
सबैको अन्तिम विवरण प्राप्त भएर ग्रेड छुट्टयाएपछि सरकारले पुस्तक पनि सार्वजनिक गर्नेछ । पुस्तकममा सबै कलाकर्मीको विवरण संकलन गरिने बताइएको छ । 'क' बर्गमा पर्नेलाई विशिष्ट र 'ख' बर्गमा पर्नेलाई साधारण श्रेठीमा राखिनेछ । सरकारले वितरण गर्ने कार्डमा संचारमन्त्रीको हस्ताक्षर रहनेछ ।
 
एयरपोर्टदेखि विदेश पुग्दा कलाकार र आम नागरिकलाई एउटै व्यवहार भएपछि विभिन्न खालका गुनासोहरु आइरहेका थिए । यसैले सरकारले कलाकर्मीलाई सुरक्षादेखि विभिन्न सुरक्षा दिन यो निर्णय गर्न लागेको हो । निर्माता संघका अध्यक्ष राजकुमार राईको पहलमा भईरहेको यो कार्यको कलाकार संघका अध्यक्ष नवल खड्काले भने यसको बिरोध गर्दै आएका छन् ।