मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.00/5.00)
Text size:-
+
-

`स्थान खोस्ने होइन बनाउने हो` : अर्जुन पोख्रेल (संगीतकार)

फिल्मीखबर, काठमाण्डौ, 2014/09/01
लामो समयदेखि संगीत सिक्दा सिक्दै खारिएका अर्जुन पोख्रेल यतिबेला नेपाली फिल्म बजारमा एउटा आफ्नै पहिचान बनाउँदै छन् । नेपाली संगीत बजारमा प्रशस्त हिट गीत अर्जुनले दिइसकेका छन् ।
 
फिल्म ‘दिलमाया’को ‘छुट्छ कि साथ’देखि सुरु भएको उनको यात्रा ‘विन्दास’को ‘रिमझिम रिमझिम’, ‘विन्दास २’को ‘सुन्छु तिमीले मलाई’, ‘बर्षात’को ‘सपना हजार दिन’, ‘मेरो जीवन साथी’को ‘सररर बेग मारी’ हुँदै ‘स्टूपिड मन’को ‘तिम्रो आँखामा’सम्म आइपुग्दा अर्जुन निक्कै सफल देखिन्छन् । अर्जुन आफ्नो निरन्तर मिहिनेत र परिश्रमको फलले सफल भएको ठान्छन् । 
 
वि.सं २०६७ मा औपचारिक रुपमा संगीतको पेशामा लागेका अर्जुनले आजसम्म ३० वटा फिल्ममा काम गरिसकेको बताउँछन् । उनको व्यस्तता फिल्म बाहेक एल्बममा पनि उत्तिकै देखिन्छ । सबैसँग मिल्न सक्ने र घमण्ड नगर्ने बानीले नै आज फिल्म नगरीमा एउटा स्थान बनाउन सकेको धेरैको वुझाई छ ।
 
तपाईंको स्थान फिल्म नगरीमा कहाँ छ त ? भन्ने प्रश्नमा अर्जुनले भने–‘सबैले एउटा स्थान बनाउने हो । मैले अरुको होइन आफ्नै स्थान खोज्ने हो ।’ फिल्म नगरीमा आफ्नो छुट्टै स्थान खोजिरहेका यी संगीतकारले अझै मिहिनेत गरेर दर्शक श्रोतालाई संगीतको मिठो घुट्को पिलाउने बताउँछन् ।