मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मन पराए `यो कथा हो तिम्रो मेरो`

फिल्मीखबर, काठमाण्डौ, 2014/09/01
गत शुक्रबारबाट देशभर प्रदर्शनरत फिल्म ‘यो कथा हो तिम्रो मेरो’ को आइतबार राजधानीमा प्रेस शो गरियो । ओम प्रतिकको लेखन तथा निर्देशन रहेको यो फिल्म हेरे पश्चात आमन्त्रित अतिथीहरूले सामाजिक प्रेमकथा मन परेको प्रतिकृया दिए । 
 
प्रेममा कसैको हार हुन्छ त कसैको जीत, त्यही हार जीतको कथा बोकेको यो फिल्ममा सुमन सिंह, रवि कार्की र रिस्ता बस्नेतको मुख्य अभिनय छ । निर्देशक तथा कलाकार ओम प्रतिक, अभिनेता रवि कार्की र अभिनेत्री रिस्ता बस्नेत प्रेश शोमा उपस्थित थिए । फिल्मबाट सकारात्मक प्रतिकृया पाएपश्चात उनीहरू खुसी देखिए । 
 
सामाजिक प्रेम कथाको यो फिल्ममा प्रेममा गरिएको त्याग, समर्पण र बलिदानीलाई देखाउन खोजिएको छ । फिल्ममा आम मानिसले भोगेको जीवन, देखेको सपना र संस्कारमाथि आएको विचलन र त्यसले पारेको प्रभावलाई प्रस्तुत गर्न खोजेको निर्देशक प्रतिकले बताए ।