मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

एन्जेलिनासँग तुलना गर्दा मख्ख नन्दिता

फिल्मीखबर, काठमाण्डौ, 2014/09/01
फिल्मको व्यस्तता घटेपनि नायिका नन्दिता केसी फेशन र सुन्दर बन्ने कुरामा सधै नै अग्रसर हुन्छिन् । सायद, उनको सुन्दरता र पहिरनको समाचार मिडियाका लागि महत्वपूर्ण बन्न थालेपछि उनले यसमा सजगता अपनाएको हुनसक्छ ।
 
 
आइतबार बेलुकी आयोजना भएको नेफ्टा फिल्म अवार्डको ब्रान्ड घोषणा कार्यक्रम हलमा प्रवेश गर्दै गर्दा धेरैले नन्दितालाई चिनेनन् । 'कतिले मलाई चिन्दै चिन्नु भएन,' आफूलाई नचिनेकोमा नन्दिताले गर्व गर्दै भनिन्, 'आज केहि फरक देखिन मन लागेर यो गेटअप बनाएकी हुँँ .'
 
फरक गेटअपमा आकर्षक बनेर पुगेकी नन्दितालाई हलिउड हिरोइनको जस्तो फेशन भन्ने प्रतिक्रिया आएको सुनियो । यस्तो प्रतिक्रियाले मख्ख देखिएकी यि अविवाहित नायिकालाई केहीले हलिउड सुन्दरी एन्जेलिना जोलीसँग तुलना के मात्रा गरेका थिए उनको खुट्टाले भूईं नै छोड्यो । सुन्दरताको वयान गर्दा को नै मख्ख नपर्ला र ? 
 
 
जब फरक गेटअपमा आकर्षक देखिएको प्रतिक्रिया उनले पाइन् तब उनको फोटेसेसनको मोह पनि जाग्यो । नन्दिताले अधिकांश उपस्थित मिडियाका क्यामेरामा पोज पोजमा फोटो खिचिन् । सायद उनले पनि मिडिया के चाहन्छ ? समाचारमा कसरी छाउन सकिन्छ ? भन्ने कुरा वुझेको हुनुपर्छ । 
 
जे भएपनि, नन्दितालाई केही समययता सार्वजनिक कार्यक्रममा सुहाउँदो मेकअप र आकर्षक पहिरनमा देखिन थालेको छ ।