मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आर्यनलाई शिल्पाको मात लागेपछि

फिल्मीखबर, काठमाण्डौ, 2014/09/01
निर्माता छबि ओझा एक कुशल निर्माताको रूपमा चिनिन्छन् । लामो समयदेखि फिल्म क्षेत्रमा निर्माताको रूपमा सकृय छबि सफल निर्माता समेत हुन् । उनले निर्माण गरेका अधिकांश फिल्म सफल छन् । 
 
यिनै कुशल र सफल निर्माताले निर्माण गरेको पछिल्लो फिल्म 'लज्जा' यही कार्तिक ७ गते रिलिज हुँदैछ । कुशल निर्देशकको रूपमा चिनिएका नवल नेपालले निर्देशन गरेको नारी प्रधान फिल्म 'लज्जा'लाई दर्शकमाझ पुर्‍याउन निर्माण टिमले नयाँं गीत रिलिज गरेको छ । उक्त गीतमा आर्यन सिग्देल र शिल्पा पोखरेलले मायामा मात लागेको बात गरेका छन् । 
 
फिल्म हिट हुन गीतको भूमिका महत्वपूर्ण हुन्छ । रामचन्द्र काफ्ले र माण्डवी त्रिपाठीको आवाजमा समावेश प्रस्तुत गीतले दर्शकको ध्यान तान्ने अपेक्षा गर्न सकिन्छ । प्रस्तुत गीतमा किरण खरेलको शब्द तथा चेतन सापकोटाको संगीत छ । गीतको करियोग्राफर कविराज गहतराज हुन् ।