Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 2.33/5.00)
Text size:-
+
-

हमालले माफी माग्दा मन्त्रीको नजर करिश्मातिर

फिल्मीखबर, काठमाण्डौ, 2014/08/31
अभिनेता राजेश हमालले आफ्नो मन्तव्य सकिएपछि अप्ठ्यारो मान्दै सूचना तथा संचारमन्त्री मिनेन्द्र रिजालसँग माफी मागे । नेफ्टा फिल्म अवार्डको ब्रान्ड घोषणा कार्यक्रममा आफ्नो मन्तव्य राखेपछि हमाल बिहेमा जानु छ भन्दै हिडेका थिए । उनले मन्त्री रिजालको भाषण सुन्न नभ्याएको भन्दै माफी माग्दै बिदा भएका थिए ।
 
 
हमाल हिडेपछि मन्त्रीलाई पनि कार्यक्रममा आफूले भाषण सकिन्जेल सबै हिड्लान् कि भन्ने पिर परेछ । तर, कार्यक्रममा पुगेकी सुन्दर अभिनेत्री करिश्मा मानन्धरले सबैलाई त्यहाँ टिकाइराखेको मन्त्री रिजालको तर्क थियो । मन्त्री रिजालले भने, 'राजेशजी हिडिहाल्नु भयो । करिश्माजी यहाँ हुनुहुन्छ र सबै जना हुनुहुन्छ । होइन भने मेरो भाषण कसैले पनि सुन्दैन कि भन्ने पिर लागेको थियो ।' 
 
 
कलाकर्मीमाझ आफ्नो रमाइलो गर्ने बानीलाई प्रस्तुत गर्दै आएका रिजालले हङकङमा आयोजना हुन लागेको अवार्डमा आफू जान लोभिएको समेत बताएका थिए । उनी लोभिनुको कारण हमाल स्वयंले निमन्त्रणा गर्नु पनि थियो ।  
Most Visited News (monthly)