मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

सातौं नेफ्टा अवार्डलाई रिद्धीसिद्धीको साथ

फिल्मीखबर, काठमाण्डौ, 2014/08/31
हङकङमा आयोजना हुन लागेको 'सातौं नेफ्टा फिल्म अवार्ड’लाई गहना कम्पनी रिद्धी सिद्धी ज्वेलर्सले ब्रान्ड ईन्डोर्स गरेको छ । आज काठमाण्डौको एक पाँच तारे होटलमा आयोजना गरिएको कार्यक्रममा रिद्धी सिद्धी ज्वेलर्स मुख्य प्रायोजक रहेको घोषणा गरिएको हो ।
 
 
 
कार्यक्रममा बोल्दै प्रमुख अतिथी सूचना तथा संचारमन्त्री मिनेन्द्र रिजालले विदेशमा नेपाली फिल्म पुग्नु आफैमा खुशीको कुरा भएको बताए । कार्यक्रममा बोल्दै चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसीले आफूहरुले कुरा भन्दा पनि काम गरेर देखाउने बताए । उनले आफूहरु अगाडि लम्कदै गर्ने, कराउनेहरु कराउँदै गर्छन् भन्दै अवार्डलाई भव्य बनाउने बताए ।
 
 
नेपाल चलचित्र प्राविधिक संघसँग सुनिल कुमार थापा प्रोडक्शनले सहकार्य गदै यो अवार्ड आयोजना गर्न लागेको हो । सुनिल कुमार थापा प्रोडक्शनका प्रमुख निर्माता सुनिल कुमार थापाले सुरुवातमा हङकङमा अवार्ड आयोजना गर्ने सोच राख्दा केही गाह्रो भएपनि अहिले सबैको सहयोगले अगाडि बढेको बताए । 
 
 
 
 
रिद्धी सिद्धीको सहकार्यले आफूलाई नेपालबाट एक सय कलाकार लैजान सहयोग मिलेको भन्दै सुनिलले कार्यक्रम सफल बनाउने दाबी गरे ।  हङकङका लागि विनय शाह र उनको टिमले सम्पूर्ण जिम्मा लिएको छ । हङकङ आयोजक खोटाङ सोसाइटी हङकङका अध्यक्ष तेज प्रसाद राईले यो आयोजना नेपाली फिल्म क्षेत्र र कलाकारहरुको सम्मानका लागि गर्न लागिएको बताए । 
 
रिद्धी सिद्धीका सीइओ नरेन्द्र प्रसाद गुप्ताले यो अवार्डसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताउँदै आफ्नो ब्रान्डलाई सन् २०१५ सम्ममा अनलाइनमार्फत विश्वभर पुर्याउने बताए । अभिनेता राजेश हमालले निरन्तर रुपमा अवार्ड गर्नु नै आफैमा महत्वपूर्ण काम भएको बताए । कार्यक्रममा बोल्दै कलाकार निर शाहले नेफ्टा अवार्ड विना राष्ट्रिय चलचित्र उद्योग नै खल्लो हुने बताए । 
 
 
 
गतबर्ष मलेसियामा अवार्ड आयोजना गरेको नेफ्टाले यसबर्ष हङकङमा अवार्ड गर्न लागेको हो । ब्रान्ड घोषणा कार्यक्रममा नेपाली फिल्म क्षेत्रका चर्चित कलाकारहरुको उपस्थिती थियो ।