मिति : २०८१ वैशाख ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`लज्जा`सँग लड्ने भो `स्टुपिड मन` | छबि ओझाले मागे सहयोग

फिल्मीखबर, काठमाण्डौ, 2014/08/31
`कोहिनूर` अत्याधिक सफलताका कारण 'स्टुपिड मन'ले आउने साताको रिलिजलाई स्थगित गरेको छ । देशभरका हलमा चौथो हप्तामा पनि ‘कोहिनूर’ हेर्ने दर्शकको चाहना कम नभएका कारण दिवंगत श्रीकृष्ण श्रेष्ठको  सम्मानमा फिल्म रिलिज रोकिएको निर्माता निरज बरालले प्रेस विज्ञप्ती जारी गरी बताएका छन् ।  
 
 
'दिवंगत अभिनेता श्रीकृष्ण श्रेष्ठ प्रति सम्मानका साथसाथै ‘स्टुपिड मन’ ठूलो बजेटको फिल्म भएको र ‘कोहिनूर’ चलिरहेको बेला रिलिज हुँदा त्यो बजेट रिकभर गर्न गाह्रो हुने सम्भावनाको आंकलन गर्दै हामीले फिल्म रिलिज सार्ने निर्णय लिएका हौं,  प्रेस विज्ञप्तीमा लेखिएको छ, ‘कोहिनूर’ले अहिलेपनि धेरै हल ओगटिरहेका कारण ‘स्टुपिड मन’ले कम हल पाउने बित्तिकै फिल्मको कलेक्सन प्रभावित हुने कारणले पनि हामीले फिल्मको रिलिज तत्कालका लागि रोक्ने विकल्प नदेखेका हौं ।'
 
निर्धारित समयमा फिल्म रिलिज नहुने भएपछि फिल्म हेर्न पर्खेका बसेका दर्शकहरूसँग निर्माण टिमले क्षमा मागेको छ । रिलिज डेट रोकिएपछि 'स्टुपिड मन'लाई कात्तिक ७ गते प्रर्दशन गरिंदै छ । यही मितिमा अनुभवी निर्माता छविराज ओझाको फिल्म 'लज्जा' प्रर्दशन हुनेछ । कात्तिक ७ मै हिन्दी फिल्म 'ह्याप्पी न्यू इयर' पनि रिलिज हुने भएकाले तीन प्रतिक्षित फिल्म भिड्दा यो मिति बर्षकै आकर्षक भिडन्तको रूपमा पक्कै रहने छ ।  
 
यता निर्माता छविराज ओझाले आफ्नो फिल्मसंगै अन्य फिल्म प्रर्दशन नगरियोस भन्दै चलचित्र निर्माता संघ र चलचित्र संघलाई आजै एक निवेदन दिएका छन् । उनले २५ बर्षदेखि निरन्तर फिल्म निर्माणमा सकृय रहेको बताउँदै आफ्नो फिल्मसँग कुनै फिल्म नजुधाएर सहयोग गरिदिन विन्ती विसाएका छन् ।