मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 3.00/5.00)
Text size:-
+
-

निखिलसँग अनुको जोडी

फिल्मीखबर, काठमाण्डौ, 2014/08/31
म्यूजिक भिडियोमा मात्र धेरै देखिने गरेकी नायिका अनु शाह यतिबेला फिल्ममा पनि व्यस्त बन्दैछिन् । यो बर्षको सुरुवातदेखि नै उनको व्यस्तता फिल्ममा पनि बढेको देखिन्छ ।  ‘द यूगदेखि यूगसम्म’बाट नेपाली रजतपटमा भित्रिएकी अनुले सफल फिल्म भने दिन सकेकी छैनन् ।
 
अनुले लामो समयपछि नेपाली रजतपटमा फर्कन लागेका नायक निखिल उप्रेतीको जोडी भएर काम गर्न लागेकी छिन् । चाडै नै पत्रकार सम्मेलन मार्फत जानकारी दिने भनिएको पुरूषार्थ प्रहरीको कथामा बन्न लागेको फिल्ममा रेखा थापाले एक गीतमा मात्र नृत्य गर्नेछिन् । फिल्मलाई निखिल आँफैले निर्माण तथा निर्देशन गर्दैछन् । 
 
निखिलको नयाँ प्रोजेक्टमा काम गर्न पाउँदा खुशी लागेको अनुको भनाई छ । अनुको ‘एउटा साथी’, ‘जन्मभूमी’, ‘धौली’, ‘गोरे’ प्रदर्शनको लागि तयार छन् । नेपाली फिल्म नगरीमा सोझी नायिकको रुपमा परिचित अनुले फिल्म र म्यूजिक भिडियोको कामलाई मिलाएर अगाडि बढाउने बताइन् ।